www.tandavnews.com
Fact ~ In search of truth

पोखरा लेडी जेसीज सप्ताहान्तमा विविध कार्यक्रम

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेडी जेसीज नेपालले जेसीज सप्ताहन्त कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘सम्भावनाका केन्द्रविन्दू बालबालिका’ भन्ने मूल उद्घोष सहित यही जेठ २५, २६ र २७ गते विविधि कार्यक्रम गर्ने भएको हो ।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि पोखरा लेडी जेसीज नेपालले सप्ताहन्तमा प्रभावकारी बैठक सञ्चालन विधि, मोटिभेशनल सेमिनार, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण साथै छात्रवृत्ति प्रदान कार्यक्रम गर्ने अध्यक्ष सन्तु पौडेलले जानकारी दिइन् ।

Batas

पोखरा लेडी जेसीजको भूमिका प्रष्ट्याउँदै अध्यक्ष सन्तु पौडेलले तालिम र अभ्यासले युवाभित्र रहेको अन्र्तनिहित प्रतिभाको विकास गर्न सघाउँ पु¥याउने बताइन ।

यस वर्षको सप्ताहन्त कार्यक्रम अन्तर्गत जेठ २५ गते पोखरा–३, वडा कार्यालय नदिपुरको सभाकक्षमा आमा समूह र अन्य महिलाको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिलाई प्रभावकारी बैठक संचालन विधि प्रशिक्षण गराइने सप्ताहन्त मूल संयोजक कमला शर्मा (विनिता)ले बताइन ।

त्यसैगरी, जेठ २६ गते वेथेडेन ट्रेनिङ हल हरियो खर्क मा युथ मोटिभेशनल अ चेन्जिङ लाइफ सेमिनार कक्षा ८ देखि १२ सम्मका विद्यार्थीका लागि लक्षित रहने कार्यक्रम छ । सप्ताहन्तको अन्तिम दिन जेठ २७ गते पोखरा–१३, स्थित मौला ईस्लामिक विद्यालय मियाँपाटनका झण्डैं ४० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने भएको छ ।

सोही दिन साँझ ५ बजे पछि सप्ताहन्तको कार्यक्रम समापन सहित ४ जना सरकारी स्कूलमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिने आयोजक पोखरा लेडी जेसीजले जानकारी दिएको छ ।

कार्यक्रमलाई पोखरा लेखनाथ–३, वडा कार्यालय, १५ वडा कार्यालय लगायत अन्य सामाजिक संघसंस्थाको सहकार्य रहने छ ।

अन्तर्राष्ट्रिय संस्था जेसीज अन्तर्गत नेपाल जेसीजको १४२ वटा शाखामध्ये पोखरा लेडी जेसीज एक सशक्त शाखाको रुपमा परिचित छ । जेसीजले विगत २९ वर्षदेखि युवा महिलाहरुका लागि सामाजिक क्षेत्रसँग सम्बन्धीत विभिन्न तालिम र अभ्यास गराउँदै आईरहेको छ ।

सकारात्मक सोच बृद्धि गराई समाजमा भएका हरेक व्यक्तिलाई क्षमतावान् र नेतृत्वशाली बनाउन लेडी जेसीले प्रभावकारी भूमिका खेल्दै आएको कार्यक्रममा जानकारी दिइयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.