www.tandavnews.com
Fact ~ In search of truth

पोखरा लेडी जेसीजको अध्यक्षमा सपना गिरी

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेडी जेसीज २०१९को नेतृत्व सपना गिरीले गर्ने भएकि छन् ।

शनिबार आयोजित शाखाको २५ औं अधिवेशन तथा ३० औं वार्षिक साधारण सभाले गिरीलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

Batas

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य विन्दा देवि आले मगरले लेडी जेसिजको नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिइनु । समाजोन्मुख कार्यमा जेसिजको भूमिका महत्वपुर्ण रहेको औंल्याउदै उनले आगामी दिनमा अझै शसक्त रुपमा सामाजको हितमा लाग्न सुझाइन् ।

कार्यक्रममा पोखरा लेडी जेसीजका पुर्व अध्यक्ष एवं पुर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष संगिता पौडेल लगायत जेसिजका विभिन्न शाखा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा अस्मीसुस अवार्डबाट सवारी चालक देवी कार्की(अधिकारी) सम्मानित भइन् । निर्मला अवार्डबाट लक्ष्मी अधिकारी, सिता अवार्डबाट सुनिता भुजेल र बेस्ट पसैनालिटि अवार्डबाट लक्ष्मी कुवँर सम्मानित भइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.