www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा फेरि मौलाउँदै गुण्डागर्दी , टोले समूहबिच खुकुरी हानाहान एक घाइते

पोखरा,
सुशन घिमिरे/ताण्डव न्यूज
पछिल्ला दिनहरुमा शान्त अनि सुरक्षित बनेको पोखरामा फेरि गुण्डागर्दी बढ्न थालेको छ । एसपी अशोक सिहंले टोले गुण्डाहरुलाई पक्राउ गरेपछि शान्त बनेको कास्कीमा फेरि टोले गुण्डाहरु सल्वलाउन थालेका छन् ।

घटना गत शुक्रवारको हो । रातोपैह्रो हनुमान टोल र ड्यामसाइड बिरौटाका केटाहरु बिच खुकुरी हानाहान भयो । खुकुरी हानाहान हुँदा ड्यामसाइडका निरज गुरुङ घाइते भए । उनको सिर्जनाचोक स्थित मेट्रोसिटि अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा खुकुरी प्रहारपछि गम्भीर घाइते बनेका गुरुङ अहिले खतरामुक्त छन् ।

घटना पश्चात पिडितको परिवारले २ जना बिरुद्ध जिल्ला प्रहरी कार्यलय कास्कीमा किटानी जाहेरी दिएका छन् । घटनामा अन्य ४ जनाको पनि संलग्नता रहेको वडा प्रहरी कार्यलय बैदामका डिएसपि नविन कार्कीले बताए ।

Batas

‘घटनामा संलग्न नाइकेहरु पटके हुन् , यसअघि पनि होहल्ला गर्ने , झगडा गरेको अभियोगमा पक्राउ गरिएको थियो,’ ताण्डव न्युजसंग डिएसपी कार्कीले भने, ‘प्रतिशोध साध्नका लागी घटना घटाएको पाइएको छ ।’

दुर्ई दिन अघि सोही समूहबिच झगडा हुँदा एक जना घाइते भएको उनले बताए ।

प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न बिशेष टोली खटाएको छ । ‘अभियुक्तहरुलाई छिट्टै पक्राउ गरिनेछ,’ कार्कीले भने ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.