www.tandavnews.com
Fact ~ In search of truth

हात्तिको देखाउने दाँत जस्तै महानगरको तार हटाउने अभियान

विनिता सुनार
ताण्डव न्यूज ।

गत मंसिर २७ गतेबाट पोखरा महानगरले सडक छेउमा अब्यवस्थित तबरले रहेका विजुलीका पोल र गुजुल्टीएका तारहरु पन्छाउने अभियान सुरु ग¥यो । निकै तामझामका साथ पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले गुजुल्टीएको तार हटाउने अभियानको सुरुवात गरेपनि त्यसले अहिले निरन्तरता पाउन सकेको छैन ।

सिद्धार्थचोकबाट सुरु भएको अभियान अहिले सोही चोकबाट अन्त लम्बिन सकेको छैन् । महानगर प्रमुखले त्यतिबेला सिद्धार्थचोक हुँदै, विपी चोक, न्यूरोड हुदै सभागृह चोकको तार व्यवस्थापन गर्ने अभियान सुरु भएको बताएका थिए ।

Batas

‘पोलमा गुजुल्टीएको तारको व्यवस्थापनको निम्ती हामिले झण्डै डेढ महिने अभियान सुरु गरेका थियौ,’ मेयर जि.सीले भने, ‘अभियान हामिले सोचेको जस्तो सजिलो भएन्, पहिलो चरणमा नै एउटा पोलको तार व्यवस्थापन गर्न एक दिन लाग्ने भयो, यो तरिकाले धेरै समय लाग्ने भएपपछि अहिले हामी छलफलको क्रममा छौँ ।’

पुरानो शहरलाई पेन्ट गर्न गाह्रो भएको बताउँदै महानगर प्रमुख जिसीले नयाँ सेड्यूल अनुुुसार छिट्टै कामको थालनी गर्ने बताए । ‘हामिसंग पैसा पनि छ,’ उनले भने, ‘महानगरपालिकाले निश्चित ठाउँहरुबाट यसरी काम गर्ने भनेर टिमले कामको सुरुवात गर्ने योजना बनाएका छौँ ।’

पोखरा महानगर भित्रका विद्युतका पोलमा टाँगिने तारहरु विना अनुमति टाँगिने गरेकोले समस्या भएको उनले बताए । अबको दिनमा त्यस्ता तारहरु महानगरको अनुमति विना नगर्न त्यस सम्बद्ध निकायहरुलाई जानकारी गराइसकिएको उनले बताए ।

‘बिद्युत र टेलिफोनका अनावश्यक तारले नै सडक कुरुप देखिएको छ,’ उनले भने, ‘काम झन्झटिलो भएपनि अभियानलाई निरन्तर दिने छौ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.