www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरमा मुसाले डकुमेन्ट काटेर हैरान पारेपछि विद्युतीय अभिलेखिकरण

पाेखरा, ताण्डव न्यूज ।
विनिता सुनार
पोखरा महानगरपालिकाले पुरानो घर नक्साको विघुतीय अभिलेखिकरण सोमबारदेखि सुरु गरेको छ । सर्वसाधारण तथा सेवाग्राहीले
भनेको समयमा प्रतिलिपि प्राप्त गर्न नसक्नु, मुसाले पुरानो कागजातहरु काटेर विग्रने समस्याले हैरान भएपछि विधुतीय अभिलेखिकरणको सुरु गरेको महानगरले जनाएको छ ।
२०७३ साल अअघिका घर नक्सा पास गर्दा चाहिने इजाजत पत्र, घरको नक्सा लगायतका कागजातहरुलाई सुरक्षित गर्नका लागि विधुतिय अभिलेखिकरणको सुरुवात गरिएको पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुबेदीले बताए ।

‘‘अहिले सबै कागजात हार्ड कापिमा छ, हार्ड कापिमा भएको प्रतिलिपि खोज्न झन्झट हुने हुँदा ग्राहकर्गलाई उपलब्ध गराउन पाइयोस भनेर यो ब्यवस्था सुरु गरेका हौँ’ उनले भने ।
पहिलो चरणमा १० हजार घरको फाइलबाट सुरु गरेको उनको भनाई छ ।
साविक लेखनाथका सबै फाइलहरु र अन्य पोखरा महानगरका सबै घरका नक्साहरु स्क्यान गरेर राख्ने काम भइरहेको महानगरले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.