www.tandavnews.com
Fact ~ In search of truth

कानुन बर्खिलाप पोखरा रंगशालामा आतिसवाजी ! सिडिओ ‘कन्फ्यूज’

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

शनिबार साँझ पोखराको आकाश एक्कासी उज्यालीयो । अंग्रेजी नयाँ वर्षको झल्को दिनेगरी गरिएको आतिसवाजीको कारण के थियो ? कतिपयले त देख्दै देखेनन् ,देखेकाहरुले मेसो पाएनन् ।

यता राष्ट्रिय खेलकुद परिषदका राजेश गुरुङले काउनडाउन सहित आतिसवाजी गर्दैगर्दाको भिडियो सामाजिक सञ्जालमा लाइभ गरिरहेका थिए ।

Batas

खेल व्यवस्थापकको जवाफ

काठमाडौं र पोखरामा हुने सागका लागि छुट्टाछुट्टै व्यवस्थापनको जिम्मा दिइएको छ । पोखरामा हुने साग खेलको व्यवस्थापनको जिम्मा राजेश गुरुङलाई छ । गुरुङले सबै निकायबाट अनुमति लिएरै आतिसवाजी गरिएको सुनाए । उनले यसलाई ठुलो विषयवस्तु बनाउन नहुने समेत बताए । उनले भने‘यो त राष्ट्रको गौरबको कुरा हो नी । यसलाई ठुलो इस्यु बनाउन हुँदैन । हामीले प्रहरी, प्रशासन सबैसँग अनुमति लिएका छौँ ।’

‘अब लेकसाइडको कुरा यसमा नजोडौ न । यो राष्ट्रिय गौरवको कुरा हो’ लेकसाइडमा आतिसवाजी गर्न रोकिएको प्रसंगमा उनले भने ।

गैरकानुनी विष्फोटक पदार्थ कसरी भित्रियो ?

पटका पड्काउनु कानुन बर्खिलाप छ । रेष्टुरेण्ट एशोसियसन (रेवान) पाेखराले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा विरासत नै बनाएको आतिसवाजी गत वर्ष भने अदालतले रोकिदियो । आतिसवाजी हेर्नकै लागि लेकसाइड पुगेका स्थानीय एवं बाह्य पर्यटकहरुले हेर्न पाएनन् ।

मुलुकी ऐनमा समेत यसबारे स्पष्ट पारीएको छ । ‘सामान्य विष्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लाष्टिक क्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्यूज, आतिसवाजी, पटाका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनु पर्छ’ ,‘ऐनमा उल्लेख छ, ‘विष्फोटक पदार्थको प्रयोग गर्न नहुने, सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद र तीस हजार रुपैंयासम्म जरिवाना ।’

यसरी कानुनले वर्जित गरेको विष्फोटक पदार्थ कसरी भित्रियो ? जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख सिडिओ रमेशकुमार केसी कन्फ्यूज सुनिए । उनले भने ‘के तयारी गर्नका लागि प्रहरीको स्वीकृतीमा ल्याएको भन्ने सुनेको हो । खेलको तयारी गर्या होलान् । हिजो मन्त्री जी पनि आउनुभाथ्यो, खेलको काउनडाउन सुरु भो । प्रहरीकै रोहवरमा आतिसवाजी भयो होला ।’

मुलुकी ऐनमा कारवाही हुने उल्लेख छ । के होला त सर ? प्रश्न गर्दा सिडिओ केसीले जवाफ दिए ‘अँ, कानुनमा छ ।’

‘जिप्रकालाई जानकारी छैन’

प्रहरीकै रोहवरमा राखिएको र पड्काइएको भनिएको आतिसवाजीबारे जिल्ला प्रहरी कार्यालय कास्की जानकार छैन । जिप्रका कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले भने ‘खै हामीलाई त यो बारे केही थाह छैन, जानकारी गराइएकै छैन ।’

अब लेकसाइडले किन नपाउने ?

दक्षिण एसियाली खेलकुद सागको साहारामा गरिएको आतिसवाजीपछि प्रश्न उठ्नु स्वभाविक हो । अब लेकसाइडले किन नगर्ने ?

त्यसो त लेकसाइडमा आयोजना हुने स्ट्रिट फेस्टिवलमा गरिदै आइएको आतिसवाजीलाई अदालतले नगर्न आदेश दिएपछि आयोजकले आदेश मानेको थियो । तर, पर्यटक खुसी थिएनन् ।

व्यवसायीको भाषामा न्यू इअर इभ अकुपेन्सी फुल हुने समय हो । पर्यटकको संख्यामा सकरात्मक भुमिका खेलिरहेको आतिसवाजीको दृश्य समावेश गर्न नसक्दा पर्यटकको उत्साहमा केही ह्रास आएको प्रतिक्रिया व्यवसायीहरुले दिएका थिए ।

सागलाई राष्ट्रिय गौरवको विषय बनाइरहँदा पोखराका लागि पर्यटन र पर्यटक महत्वपुर्ण विषय हो । त्यसो त, सागले पोखराको पर्यटनमा टेवा पुर्याउनेमा शंका छैन । तर पर्यटक लोभ्याउनकैलागि गरिने आतिसवाजी रंगशालामा गरिएसँगै ‘लेकसाइडमा किन नब्यूताउने ?’ भन्ने बहस सुरु हुने देखिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.