www.tandavnews.com
Fact ~ In search of truth

स्पोर्ट्स सिटीलाई गिज्याइरहेको पोखरा रंगशाला

माधव भुसाल
पाेखरा, ताण्डव न्यूज ।

२०७५ मंसिर १ गते साँझ धनुषाको बटेश्वर गाउँपालिका पुगेर खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले भनिदिए ‘सात वटै प्रदेशमा रंगशाला, ७ सय ५३ स्थानीय तहमा खेल मैदान बनाउँछौं ।’

यसअघि मन्त्रालयको जिम्मेवारी सम्हालेको २० दिनपछि ०७४ चैत २४ गते मन्त्री विश्वकर्माले आफ्नो सय दिने कार्यक्रमको घोषणा गरेका थिए । उनले ‘०७५ साललाई खेलकुदको स्वर्ण वर्ष बनाइन्छ’ भन्न कुनै कञ्जुस्याईँ गरेनन् ।

Batas

पोखरा, तुलसीपुर इटहरीलाई स्पोटर््स सिटीका रुपमा विकास गर्ने कुरा पनि गरे । देशमा रहेका खेलकुद सम्बन्धी पुराना संरचनाहरुलाई स्तरोन्नती गर्दै नयाँ संरचनाहरुको निर्माण गर्ने आश्वासन दिए मन्त्री विश्वकर्माले ।

मन्त्रीकै गृह जिल्ला, पोखरा । मन्त्रीको आश्वासन सुनिसकेपछि पोखरा पनि आशावादी देखियो । पोखरेलीहरु अन्तर्राष्ट्रिय स्तरको स्टेडियममा बसेर हुटिङ गर्दै खेलको मज्जा लिने स्वप्न देख्न थाले ।

०७४ पुस १२ गते बुधबारदेखि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जीर्ण भएको पोखरा रंगशालाको पुरानो फुटबल प्यारापिट भत्काउन सुरु ग¥यो । राष्ट्रिय खेलकुद परिषदले प्यारापिट भत्काउन ४४ लाख रुपैयाँ निकासा गरेको थियो ।

एक महिनामा भत्काइसकेर ग्लोबल टेण्डरमा स्वीकृति पाएको कम्पनीले नयाँ निर्माण अघि बढाउने पश्मिाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष खगराज पौडेलले बताएका थिए ।

भूकम्पपछि रातो स्टिकर पाएको प्यारापिटलाई भत्काउनै पर्ने थियो भत्काइयो । तर, नयाँ संरचना निर्माणको लागि सम्बन्धित निकायका पदाधिकारीहरु मौन जस्तै छन् । मौन जस्तै भन्नुको तात्पर्य, सबै थाहा भएर पनि चुपचाप ।

दुई–दुई पटक आह्वान गरिएको टेण्डर भत्काइएको रंगशाला जस्तै भताभुङ्ग भयो । फुटबल प्यारापिट नबन्ने भएपछि १३ औं दक्षिण एशियाली खेलकुद अन्र्तगतको महिला फुटबल समेत पोखरामा नहुने भयो ।

१ अर्व ३२ करोडको लागतमा बन्न लागेको फुटबल रंगशालाको लागि परिषदले ५३ करोड रुपैयाँ छुट्याइसकेको थियो । अन्ततः ५३ करोड रुपैयाँ जहाँबाट आयो त्यहि गयो । ‘राष्ट्रिय खेलकुद परिषद’ मै ।

भताभुङ्ग रंगशालामा फुटबल प्रतियोगिता

कास्की जिल्ला फुटबल संघको आयोजनामा हुने मनकामना केबलकार कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्ततः भताभुङ्ग रंगशालामै हुने भएको छ । माघको दोस्रो सातादेखि खेल सुरु गर्ने गरि आयोजक मैदान तयार गर्दैछन् ।

दर्शकका लागि उहि भत्किएको प्यारापिटमा बस्न मिल्ने गरि अस्थायी संरचना बनाइने आयोजकले जनाएका छन् ।

नेपालकै सबैभन्दा गुणकारी फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपको मिति पनि टाढा छैन । दशरथ रंगशाला भन्दा पनि ठुलो क्षमताको बनाइने भनिएको पोखरा रंगशालामा, भत्किएको प्यारापिटकै कारण दर्शकले खेलको मज्जा लिन नपाउने हुन् कि भन्ने लख काट्न थालिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठले प्यारापिट निमार्णको कामले गति लिने बताए । ‘अहिलेसम्म जति ढिला भयो भयो अब निमार्ण कार्यले गति लिन्छ,’ उनले भने, ‘हामी केन्द्रमै गएर लागि परेपछि अब भने पोखराले छिटै प्यारापिट पाउने छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.