www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विश्वविद्यालयमा तोडफोड

पोखरा
ताण्डव संवाददाता ।

पोखरा विश्वविद्यालयमा विद्यार्थीले आज दिउँसो तोडफोड गरेका छन् ।

विद्यार्थीले विश्वविद्यालयको मुख्य भवनको तीन वटा झ्याल तोडफोड गरेको इलाका प्रहरी कार्यालय, शिशुवाका प्रमुख तथा डिएसपी गोविन्द पुरीले ताण्डव न्यूजलाई जानकारी दिए ।

Batas

गतवर्ष फागुन २२ गते विश्वविद्यालय समक्ष सम्पूर्ण राजनीतिक दल समर्थीत विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियन गठन गरिनुपर्ने माग राख्दै आएका थिए ।

एक वर्ष वितिसक्दापनि विश्वविद्यालयले चासो नदेखाएको भन्दै पटक पटक ध्यानाकर्षण गराएका थिए । आज दिउँसो २ बजे विश्वविद्यालयका भीसी र रजिष्टार अफिसरसँग बैठकमा बस्ने सहमति भएको थियो ।

विद्यार्थीलाई बैठकमा बोलाएर भीसी र रजिष्टार स्वयम् उपस्थित नभए पछि विद्यार्थी तोडफोडमा उत्रेका हुन् ।

अहिले पोवि प्रशासन र विद्यार्थी बीच छलफल भईरहेको विश्वविद्यालय स्रोतले बताएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.