www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा २१ : पर्यटकका लागि फुट ट्रयाक देखि जीप सफारीसम्म

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगर २१मा एकीकृत पर्यटन गुरुयोजना निर्माण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ग्रामीण विकास विभागसँगको सहकार्यमा गुरुयोजना निर्माण कार्य प्रारम्भ भएको हो ।

गत १६ गतेदेखि विभागका प्रमुख प्रा डा पुष्पकमल सुवेदीको नेतृत्वमा योजना अघि बढिरहेको छ ।

Batas

ग्रामिण विकास विभागका पूर्व प्रमुख प्राडा प्रेम शर्मा, उप–प्राध्यापक डा भारत बडाल, उप–प्राध्यापक सुमन खरेल, वातावरण विद् दीपक जोसी , कृषि विभाग विज्ञ राजन ढकाल, कृषी तथा खाद्य सुरक्षा अधिकार विज्ञ बिरेन्द्र अधिकारी र सुनिता पाण्डेले सुवेदीको नेतृत्वमा गुरुयोजना निर्माणका लागि कार्य सुचारु गरेको वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए । करिब ३ महिनामा उक्त टोलिले गुरुयोजना तयार पार्नेछन् ।

जीप सफारी

वडाध्यक्ष आचार्यका अनुसार विरौटा, छोरेपाटन, कुभिण्डे, मट्टीखान रक्तकुण्ड, शिव मन्दिर, दोपहरे, फोक्सिङकोट, शिवालय, बाँझीपोखरी, मैदानकोट, डाँडाको पोखरी, भरतपोखरी, शान्ति उदय मावि , हँुदीकोट, बाघमारा भडाँरढीक वा कोत्रोसम्म जीप सफारी सञ्चालनमा आउनेछ । करिब ३ घण्टा पर्यटकले यस क्षेत्रमा जीप सफारी गर्नेछन् । साथै एक दिनको ट्रेकिङ पनि गर्न सकिने छ ।

ट्रेकीङ रुट

विरौटा चोक, छोरेपाटन, फुर्सेखोला, पारिडाँडा, जम्सादी, फेदीपाटन, खस्याङ, रगैचौर, द्धार, बाघमारा भण्डारढीक वा कोत्रेसम्म ट्रेकिङ रुट निर्माण हुनेछ । यसमा साइकलीङ र हर्स राइडिङ पनि समावेश हुनेछन् ।

विरोटा चोक, इन्टरनेसनल माउन्टेन म्युजियम, महतगौंडा, दोविल्ला, निर्मल पोखरीसम्म पनि पर्यटकलाई ट्रेकिङ गराउने योजना छ ।

यस्तै विरोटा, छोरेपाटन, फुर्सेखोला, दोपहरे, ठकुरी गाउँ, धुँवारकोट, मुलाबारी, भिरस्वाँरा, मट्टीखान, रामादी, एकहाते पुगेर पुनः छोरेपाटन पुग्नेगरि ट्रेकिङ रुटको कार्य थालनी हुने वडाध्यक्ष आचार्यले बताए ।

फुट ट्रयाक

जम्सादी, चुरेटा गाउँ, खामाको डाँडा र दोपहरे सम्मको ३ किमी फुटट्रयाकमा पर्यटक हिँडाउने योजना पनि आचार्यले सुनाए ।  ३ किमि कै विरौटा, छोरेपाटन, फुर्सेखोला, एकहाते , रामादी, मट्टिखान र  २ किमीको द्धार, फुपैको चौतारो, मैदानकोटमा फुट ट्रयाक निर्माण गरिनेछ ।

यस्तै दोविल्ला, निर्मलपोखरी जनचेतन मावि हुँदै चिलाउने खर्क होमस्टेसम्मको डेढ किमी ट्रयाकमा पर्यटक रमाउने छन् ।

पर्यटकीय क्षेत्रमा रम्न आउने पर्यटकलाई मध्यनजर गर्दै विभिन्न स्थानमा शौचालय निर्माण गरिने आचार्यले सुनाए । ‘मट्टीखान, शिवढुङ्गा, फोक्सिङकोट, शिवालय मैदान, डाँडाको पोखरी, जम्सादी र फेदीपाटनमा शौचालय निर्माण हुन्छ’ उनले भने ।

विभिन्न प्रयोजनका लागि प्रयोगमा आउने गरि तीन वटा बहुउद्धेश्यीय भवन समेत ती क्षेत्रहरुमा निर्माण गरिनेछ । सँगै विसौनी स्थल, इन्टरनेट, बैंकको शाखा कार्यालय, २ वटा भलिवल र फुटबल ग्राउण्ड, निर्मलपोखरी वडा कार्यालयमा सूचना डेस्क र प्रहरी बिट स्थापना गरिने योजनामा उल्लेख छ ।

उक्त क्षेत्रमा सरसफाई कायम राख्न स्थानीय स्तरमै सरसफाई समिति गठन गर्ने तयारी गरिएको छ ।

स्थानीयहकै सक्रियतामा कृषी पर्यटन र जडीबुटि कार्यक्रम सुरु गरिने जनाइएको छ । पर्यटकलाई थप आकर्षित गर्न बर्षको एकपटक मेला महोत्सव समेत आयोजना हुनेछ ।

बजेट

यो वडाको पर्यटनमैत्री प्राथमिक योजनाहरु रहेको वडाध्यक्ष आचार्यले बताए । अझै त्रिविका विशेषज्ञहरुले यसबारे थप अनुसन्धान गरिरहेका छन् । एकिकृत पर्यटन गुरुयोजनाका लागि विशेषज्ञहरु खटिइरहेका छन् । २० बर्षमा माथि उल्लेखित सबै कार्य सक्ने वडाध्यक्षले बताए ।

‘यसबारे यति नै बजेट चाहिन्छ भनेर फिक्स भएको छैन,’ वडाध्यक्ष आचार्यले भने, ‘अबको आर्थिक बर्षदेखि कार्य सुरु हुन्छ ।यसको बजेटका लागि हामीले स्थानीह तह, प्रदेश र केन्द्रसँग समन्वय गर्नेछौं ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.