www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा भलिबल प्रतियोगिता भाद्र १५ देखि

पोखरा
ताण्डव न्यूज ।

पोखरा–३, नदीपुर स्थित छन्त्याल समाज घरको खेल मैदानमा  पुरुष, महिला तथा भेन्ट्रान्स भलिबल प्रतियोगिता–०७५ को आयोजना हुने भएको छ ।

लामा अमृत फाउन्डेसनको आयोजनामा हुन लागेको प्रतियोगिता यहि भाद्र १५ देखि १८ गतेसम्म हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Batas

पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका अध्यक्ष अमृत गुरुङले ग्रामिण क्षेत्रमा खेलकुदको विकास गर्न प्रतियोगिताको आयोजना गरेको बताए ।

‘प्रतियोगिताले खेलाडीको मनोबल एंव सहभागितामा बृद्धि हुनेछ,’ उनले भने ‘प्रतियोगिताले नयाँ खेलाडीहरुमा प्रोत्साहन गर्न समेत मद्दत पुग्नेछ ।’

प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने छ । जसमा महिला तर्फ अनुमानित ६ टिम रहने छ भने भेन्ट्रान्स तर्फ ७ वटा टिमले सहभागि जनाउने खेलका संयोजक अमिर घमालले जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरस्कार पुरुष तर्फ नगद ५० हजार, दितृीय तर्फ नगद ३० हजार र महिला तर्फ नगद २२ हजार २ सय २२, दितीय तर्फ नगद १५ हजार ५ सय ५५ सहित मेडल तथा प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

यस्तै पुरुष भेट्रान्स तर्फ नगद १५ हजार, द्वितीय तर्फ नगद १० हजार सहित मेडल र प्रमाणपत्र दिइने छ । खेलले घान्द्रुक क्षेत्रको पर्यटन विकासमा समेत योगदान पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.