www.tandavnews.com
Fact ~ In search of truth

सुत्केरी महिलाहरुलाई पोषणयुक्त आहारको लागि रकम वितरण

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगरपालिका–१, ले वडागत योजना अनुसार गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषणयुक्त आहारका लागि रकम वितरण गरेको छ ।

स्थानिय तहको निर्वाचनबाट निर्वाचित भईसकेपछि वडाध्यक्ष शारदा पराजुलीले आ.व. ०७४/०७५ को वडागत कार्यक्रम अनुसार गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त आहारको कार्यक्रम सार्वजनिक गरेकी थिइन् ।

Batas

वडामा विवाह भएर आएका महिलालाई उनीहरुको विवाह दर्ता, मतादाता नामावली र स्वास्थ्य परिक्षण गराएको सम्बन्धीत स्वास्थ्य चिकित्सकको रिपोर्ट अनुसार वडाले जनही ५ हजारका दरले वितरण गरेको हो ।

‘महिलालाई राज्यले सम्मान गरेकै छ,’ वडाध्यक्ष पराजुलीले भनिन्, ‘वडाले पनि यस किसिमको सुविधा प्रदान गरिदाँ घर परिवारकै ममता मिल्ने छ ।’ कार्यक्रममा सबै स्तरका महिलाहरु सहभागि हुनसक्ने बताउँदै पोषण कार्यक्रमलाई आफ्नो कार्यकाल हुँदासम्म कायम राखिने जानकारी गराइन् ।

कार्यक्रमकी प्रमुख अतिथि उपमेयर मञ्जु गुरुङले २३ जना गर्भवती तथा सुत्केरी भएका महिलालाई ५ हजार नगद रुपैयाँ र पुष्पगुच्छा सहित हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै उपमेयर गुरुङले पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाई टोल, घर परिवारलाई लाभान्वित बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताइन् ।

पोषण कार्यक्रम अन्तर्गत ५ हजार रुपैयाँलाई आगामी आर्थिक वर्षदेखि दुई किस्ता गरी वितरण गरिने वडा सदस्य प्रेम देवी परियारले जानकारी दिइन् ।

पहिलो चरणको कार्यक्रम भएकाले यस पटक एकमुष्ट उपलब्ध गराइएको बताउँदै आगामि आ.व. देखि महिला गर्भवती भएको ६ महिनामा पहिलो किस्ता स्वरुप २ हजार ५ सय रुपैयाँ र सुत्केरी भएको ३ महिना पछि दोस्रो किस्ता वापतको बाँकी २ हजार ५ सय रुपैयाँ उपलब्ध गराइने वडा सदस्य परियारले बताइन् ।

वडामा भएका गर्भवती तथा सुत्केरी महिलाहरुलाई आगामी आ.व. २०७५÷०७६ साउन पहिलो साता भित्रमा वडा कार्यालयमा नाम दर्ता गराउन समेत आह्वान गरिएको छ ।

पोषण कार्यक्रमका लागि वडाबाट ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । कार्यक्रमबाट एक सय जना महिला लाभान्वित हुने अनुमानित लक्ष्य वडाले राखेको छ ।

वडामा आउने सिमित आर्थिक स्रोतका कारण चालु आर्थिक वर्षमा जेष्ठ नागरिक लक्षित कुनै कार्यक्रम ल्याउन नसकिएको वडाध्यक्ष पराजुलीले बताइन् ।

आगामि आ.व. मा बजेटको स्वरुप हेरी वडागत कार्यक्रम अनुरुप जेष्ठ नागरिकहरुको हितमा हुने गरी रचनात्मक कार्यक्रम सार्वजनिक गरिने तयारीमा वडा कार्यालय रहेको जानकारी दिएकी छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.