www.tandavnews.com
Fact ~ In search of truth

पीपीएल अाेपनिङ : मुख्यमन्त्रीको बलिङ, सभामुखको ब्याटिङ

पोखरा
ताण्डव न्यूज ।

पोखरा प्रिमियर लिग (पिपिएल) को औपचारिक सुरुवात भएको छ । संघीय सरकारका सभामुख कृष्ण बहादुर महराले ब्याटिङ र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बलिङ गरी लिगको उद्घाटन गरेका हुन् । गुरुङले हानेको बल तेस्रो पटकमा मात्रै सभामुख महराले आफ्नो ब्याटमा लगाउन सफल भएका थिए ।

Batas

उद्घाटन अघिको मन्तब्यमा सभामुख महराले पोखरा हरेक दृष्टिकोणले केन्द्रमा रहेको भन्दै यस लिगले खेल पर्यटनको पनि केन्द्रमा पर्न सफल हुने बताए । ‘पर्यटनका दृष्टिकोणले त पोखरा सधँै अगाडी छ, अब खेलले पनि अगाडी हुन्छ,’ उनले भने ‘उत्तरमा खुलेको हिमालले हामीलाई साथ दिएको छ । स्वागत गरेको छ । पछिल्लो समयमा खेलसँग जोडिएर पोखरा खेल पर्यटनको राजधानी बन्न सक्छ । अन्तराष्ट्रिय केन्द्र बन्ने सम्भावना यहाँ छ ।’ उनले पिपिएलको आयोजकलाई पनि धन्यवाद दिए ।

‘पिपिएल जस्ले सुरु ग¥यो म धेरै धन्यावाद दिन चाहन्छु,’ उनले भने, ‘यसले ठुलो महत्व बढाएको छ । अहिले खेलको महत्व बढेको छ । क्रिकेटलाई संरक्षकको खाँचो छ । राज्यले यसलाइै दिनुपर्ने कुरा कहिँ न कहिँ नदिएर समस्या परेको छ । म सभामुख भएको हैसियतले यसलाई राज्यको ध्यानकर्षण गराउनेछु ।’ खेलले नै राष्ट्र चलाउने मानसिकता तयार पार्न सक्ने भन्दै उनले सबैले खेलप्रति लगाब दिनुपर्ने बताए ।

पिपिएललाई आइसीसीले पनि मान्यता दिएका कारण विश्वले नियाली रहेको उनको भनाई छ ।

तस्बिर : माधव भुसाल

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.