www.tandavnews.com
Fact ~ In search of truth

पिपिएल : नेपाली क्रिकेटमा नयाँ आशा

पेरिस घिमिरे
पोखरा, ताण्डव न्यूज ।

पर्यटकीय नगरी पोखराको इतिहासमै पहिलो पटक सम्पन्न भएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग सभ्य र भव्यताका साथ सफल भएको छ ।

नेपाली घरेलु क्रिकेट इतिहासकै सर्बाधिक धनराशी रहेको यस प्रतियोगितालाई क्रिकेट क्षेत्रको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आई. सी. सी ) ले मान्यता प्रदान गरेको थियो । माछाापुच्छ्रे, अन्नपूर्ण हिमालको काखमा रहेको पोखरा रंगशालामा सफलताका साथ सम्पन्न भएको पिपिएल सम्भवत सबैभन्दा धेरै दर्शकले प्रत्यक्ष रुपमा हेरेको प्रतियोगिता बन्न पुगेको छ ।

Batas

पोखरामा पनि क्रिकेट ? वास्तवमा यो प्रश्न चिन्ह सधै नै पोखरेलीको चुनौतीको रुपमा रहेको थियो । नेपालको चेरापुन्जीको रुपमा परिचित पोखरा र क्रिकेटको शत्रु पानी, यस कुराले पोखरामा क्रिकेट हुन सक्छ भन्ने कुरानै अन्यौल स्थितिमा रहेको थियो ।

फुटबलमा सफलताका साथ आहा रारा गोल्डकप , सफल कप जस्ता ठूला प्रतियोगिता आयोजना गर्दै फुटबलमा काठमाडौंैको विकल्प बन्न सकेको पोखरा पिपिएल अगाडि सायदै कसैले पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट सम्पन्न मात्र हुन सक्छ भनेर सोचेको हुनुपर्छ ।

सामान्य मानिसको कुरा मान्ने हो भने क्रिकेट मूर्खले खेल्ने खेल र क्रिकेट हेर्ने महामूर्ख यसप्रकारको क्रिकेटको छबिले गर्दा पनि पोखरामा क्रिकेट हेर्न के पोखरेली मैदानसम्म पुग्लान त ?

सायदै कसैले सोचेको हुनुपर्छ क्रिकेटको मैदान जिर्ण स्थिति हुँदा पोखरा रंगशालामा बेनेको पिच र मैदानलाई प्रतियोगिता अवधिभर हेर्दा खेलाडि,दर्शक,पत्रकार,सबै आयोजकको प्रशंसा नगरी बस्न सकेनन् पिपिएलले क्रिकेटको पनि नजान्ने पोखरेलीलाई आज क्रिकेट खेल्ने भागलाई पिच भनिन्छ भन्ने कुरा सिकाएको हुनुपर्छ र क्रिकेट हेर्न सायदैं पोखरेली आउलान भन्ने आलोचकहरुलाई पोखरेलीले पोखरा रंगशालामा २० हजार क्षमताको प्याराफिट बनाए पनि दर्शकलाई अपुग हुने कुरा सिकाइदिएको हुनुपर्छ ।

क्रिकेटको क पनि नबुझ्नेलाई त ठीकै छ क्रिकेटका मैँ हुम भन्ने पोखरेलीलाई पनि पिपिएलले प्रत्यक ओभर बलिङ इन्ड परिवर्तन हुने गर्छ ,अझ यसलाई सहज ढङ्गबाट भन्नु पर्दा ओभरको समाप्ति पछि विकेट किप्परले एउटा विकेटबाट विपरित ठाउँमा रहेको विकेट तर्फ गएर विकेट किपिङ् गर्छ भन्ने कुरा धेरैलाई सिकाइदिएको छ ।

पीपएलको सफल आयोजनाले किर्तिपुर स्थिीत रहेको नेपालको एक मात्र अन्तर्राष्ट्रिय खेल मैदानको बिकल्प पोखरा रंगशालालाई बनाइदिएको छ ।

अझ विदेशी मिडिया आज तक, बिबिसि , सिएनएन को कुरा मान्ने हो भने पोखरा रंगशाला भारतको प्रतिष्ठित क्रिकेट स्टेडियम धर्मंशाला सँग तुलना भएको छ । माछापुच्छे«, अन्नपूर्ण हिमालको काखमा रहेको पोखरा रंगशालाको दृश्य अनि नेपाली इतिहासमै निकै नै गुणस्तरीय प्रत्यक्ष प्रशारण गर्न सफल भएको हिमालयन टिभी हेर्दा स्वदेशी र विदेशीको मनमा एक पटक पोखरा जाउँ जाउँ भएको पक्कै हुनुपर्छ ।

अर्थतन्त्रको साथसाथै पोखराको पर्यटनमा यसले ठूलो टेवा पु¥याउने देखिन्छ । पिपिएल सफल आयोजना गर्ने त्यस चुनौति सायद पोखराले पास गरेको हुनुपर्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.