www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश नम्बर ४ मा तेक्वान्दो संघको तदर्थ समिति

पोखरा ।

नेपाल तेक्वान्दो संघ अन्तर्गत प्रदेश नम्बर ४ मा प्रदेश तदर्थ समिति गठन गरिएको छ । जगनबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको पदस्थापना गरिएको हो ।

समितिको उपाध्यक्षमा विष्णुहरी गौतम, महासचिवमा रमेश पौडेल, कोषाध्यक्षमा माइकल कर्माचार्य र सह–कोषाध्यक्षमा दिपेन्द्र बाँस्कोटा रहेका छन् ।

Batas

उनीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले सपथ ग्रहण गराए ।

पदस्थापन समारोहका प्रदेश प्रमुख बाबुराम कुँवरले उनीहरुलाई प्रमाण–पत्र वितरण गर्दै शुभ–कामना व्यक्त गरे ।

उनले खेलाडी राष्ट्रको गहना हुने भन्दै राष्ट्रले पनि खेलाडीलाई सम्मान दिनुपर्ने औल्याए । खेलाडीको अथक मेहनत र प्रयासमै राष्ट्रले अन्तर्राष्ट्रिय उपलब्धि हाँसिल गर्ने हुँदा खेलाडीको भविष्य सुनिश्चित पार्नेतर्फ राष्ट्रले पनि चासो देखाउनु पर्ने कुँवरले बताए ।

सांसद दीपक कोइरालाले राष्ट्रले खेलकुदलाई प्राथमिकतामा नपारेको भन्दै खेल क्षेत्रबाट पनि राष्ट्रले ठूलो आर्थिक लाभ लिन सक्ने उदाहरणहरु प्रस्तुत गरे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले तेक्वान्दोे खेलबाट राष्ट्रले सधै मेडलको अपेक्षा राख्ने गरेको बताए । १३ औं दक्षिण एशियाली खेलमा पनि तेक्वान्दोबाट मेडलको आश राख्न सकिने उनले जनाए ।

तदर्थ समितिका अध्यक्ष जगनबहादुर गुरुङले तेक्वान्दो नेपालकै सफल खेल भएको बताउँदै प्रदेश नम्बर ४ खेलाडीको उर्भर भूमिं भएको जिकिर गरे । पदस्थापन सँगै जिम्मेवारी पनि बढेको बताउँदै संघले प्रत्येक वर्ष एउटा प्रदेश स्तरीय र एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.