www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश सभामा विधायन समितिको प्रतिवेदन प्रस्तुत

पोखरा,  (रासस) ः प्रदेश नं ४ को आज (बुधबार) बसेको प्रदेशसभा बैठकमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी विधायन समितिको प्रतिवेदन प्रस्तुत गरियो ।

प्रतिवेदन प्रस्तुत गर्दै विधायन समितिका सदस्य सावित्रा रानाले विधेयकमाथि विधायन समितिमा विस्तृत छलफल गरी आवश्यक संशोधनसहित प्रतिवेदन तयार गरिएको जानकारी दिइन् ।

उक्त विधेयकमाथि आगामी बैठकमा छलफल हुनेछ । प्रदेशसभाको अर्को बैठक आगामी चैत ३० गते बिहान ११.०० बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.