www.tandavnews.com
Fact ~ In search of truth

एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट : सत्यवती र पोखरा विश्वविद्यालय सेमीफाईनलमा

पोखरा

अघिल्लो दिन १९ रनले पराजित गरेको सत्यवतीले बिहीबार न्यु ग्यालेक्सीलाई लिगको दोस्रो खेलमा रोमाञ्चक दुई रनले पराजित गर्दै तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटको सेमीमफाईनल प्रवेश गरेको छ ।

न्यु ग्यालेक्सीले सेमीफाईनल प्रवेशको लागि १७ ओभरमा लक्ष्य पूरा गर्नुपर्ने थियो । १२९ रनको लक्ष्यलाई न्यु ग्यालेक्सीले उत्कृष्ठ शुरुवात गरेपनि अन्तिम समयमा व्याट्सम्यानले डटबल खेलेपछि नतिजा पाहुना टोली सत्यवतीको पक्षमा गयो । अन्तिम ओभरमा जितको लागि ८ रन खाँचो थियो । दुई विकेट बाँकी थियो । त्यही ओभरमा दुई विकेट गुमाउदैै पराजित हुदैं प्रतियोगिताबाट बाहिरियो ।

Batas

टस जितेर व्याटिङ गरेको सत्यवतीले पाँच विकेटको क्षतिमा १२८ रन बनायो । मिलन थापा मगरले ५९ बलमा ४१ रनको महत्वपूर्ण योगदान दिए । अर्जुन श्रेष्ठले २३ बलमा २५ रन ठोके । विनल सुनारले २५ बलमा २४ रनको योगदान गरे । २४ वाईड, ४ लेगबाई र एक बाई गर्दै २९ रन अतिरिक्त थपिएको थियो । अनिष जिसी, संगम गौतम, पेप गुरुङले एक एक विकेट लिए ।

सेमीफाईनल प्रवेश गर्न न्यु ग्यालेक्सीलाई जितले मात्रै सम्भव थिएन् । राम्रो रनरेटको लागि १७ ओभरमै पुरा गर्नुपर्ने चुनौति थियो । किशोर छन्त्यालले दुई चौका र एक छक्का मद्धतमा २१ बलमा २५ रन निकाले । राजु थापाले १८ बलमा २२ रन बनाई आउट भए । विजय विकले ३० बलमा १८ रन बनाउँदै रनआउटको शिकार भए । ९ बाई, ४ लेगबाई र २४ वाईड फाल्दै ३७ रन अतिरिक्त दिए । १७ ओभरमा खेल जित्ने आशा देखाएको न्यु ग्यालेक्सी अन्तत १८ ओभरमा अलआउट हुदैं केवल १२६ रनमा समेटियो । सत्यवतीका कप्तान विनय भण्डारीले ४ ओभर १९ रन ४ विकेट लिए ।

शुशिल गिरी र विमल सुनारले २—२ विकेट लिए । म्यान अफ दि म्याच कप्तान विनय भण्डारी भए । उनलाई कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष एवं खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले म्यान अफ दि म्याचको ट्रफी प्रदान गरे । दोस्रो खेल वर्षाको कारणले स्थागित हुन पुग्यो । दोस्रो खेल स्याङजा बहुमुखी क्याम्पस र पृथ्वीनारायण क्याम्पस बीचको खेल स्थगित भएको हो । दुवैले एक एक अंक बाँडे ।

स्याङजाले शुक्रबार जनप्रिय बहुमुखी क्याम्पससँग प्रतिस्पर्धा गर्ने छ । पृथ्वीनारायण क्याम्पस तीन अंक छ ।

सेमीफाईनल प्रवेशका लागि स्याङजाले जनप्रियलाई राम्रो रनरेटको आधार जित निकाल्नुपर्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.