www.tandavnews.com
Fact ~ In search of truth

‘प्रेस काउन्सिल अब संघीय संरचनामा’

बेँसीशहर, लमजुङ (रासस)

मुलुकमा संघीयता कार्यान्वयन भएसँगै प्रेस काउन्सिल नेपाललाई पनि संघीय संरचनानुसार अघि बढाउने निर्णय भएको छ ।

पर्यटीय गाउँ काउलेपानीमा शनिबार भएको बैठकले काउन्सिललाई संघीय संरचनाअनुसार अघि बढाउन नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलका सदस्यमा काउन्सिलका सदस्य सुदर्शन आचार्य, नवलकिशोर यादव, शुभेच्छाविन्दु तुलाधर र खिलबहादुर भण्डारी हुनुहुन्छ ।

Batas

काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा भएको बैठकले पत्रकार आचारसंहिता जागरण कार्यक्रम सञ्चालन गरी पत्रकारिता क्षेत्रसँग सम्बन्धित गुनासो सम्बोधन गर्न र स्थानीय तहसँग समन्वय गर्न काउन्सिलका सदस्य गोविन्द चौलागाईंलाई जिम्मेवारी दिएको छ ।

पर्यटकीय गाउँ काउलेपानीलगायत लमजुङका सबै पर्यटकीय गाउँको विकास र प्रवद्र्धनका लागि काउन्सिलले पहल गर्ने निर्णय भएको सूचना विभागका महानिर्देशक एवं काउन्सिलका सदस्य सचिव वीरबहादुर राईले जानकारी दिनुभयो । बैठकअघि काउन्सिल पदाधिकारी र महासंघका अध्यक्षले स्थानीय पत्रकारसँग अन्तक्र्रिया गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.