www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री गुरुङ र हाइनान गभर्नरबीच भेटवार्ता

पोखरा, 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चीनको हाइनान प्रान्तका गभर्नर जिआमेन सिनसँग भेटवार्ता गरेका छन् । भेटमा गण्डकी प्रदेशको विकासको सम्भावना, योजना र सहयोगका क्षेत्रबारे छलफल भएको छ । मुख्यमन्त्री गुरुङले हाइनानका गभर्नरलाई उपयुक्त समयमा नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

गण्डकी प्रदेशको नीति र योजना अनुरुप प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम, नागरिक उड्डयन, पर्यटन, पूर्वाधार विकास लगायत क्षेत्रमा लगानी गर्न र दुई पक्षीय सहयोग गर्न हाइनान प्रान्तका गभर्नर सकारात्मक रहेको पाइएको मुख्यमन्त्रीको भ्रमण दलका एक सदस्य मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरले जानकारी दिए ।

Batas

उनले भने, ‘यही वर्षभित्र पोखरामा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुन हाइनानका लगानीकर्तालाई हाम्रा मुख्यमन्त्रीज्यूले आह्वान गर्नुभएको छ ।’

गण्डकी प्रदेश पर्यटकीय दृष्टिले विश्वमै उत्कृष्टमध्येको गन्तव्य रहेको र लगानी गर्ने वातावरण अनुकुल भएकाले अवसरको फाइदा उठाउन मुख्यमन्त्रीले लगानीकर्तालाई आह्वान गरेको घिमिरेले जनाए । घिमिरेकै अनुसार हाइनानका गभर्नरले गण्डकी प्रदेशको प्राथमिक क्षेत्रमा लगानीको प्रतिबद्धता जनाएका छन् ।

मुख्यमन्त्री गुरुङ नेतृत्व टोलीले हाइनान कलेज अफ भोकेसन एन्ड टेक्निकका निर्देशक डा. उ जिआउइ लगायतसँग समेत भेटी गण्डकीमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका लागि पूर्वाधार, विकास, ल्याब, शिक्षक तालिम, पाठ्यक्रम लगायत विषयमा छलफल गरेको छ ।

हाइनानको सोही कलेजमा पढिरहेका नेपाली विद्यार्थीसँग पनि मुख्यमन्त्रीले भेटघाट गरेका छन् । मुख्यमन्त्री गुरुङ मंगलबारदेखि साताव्यापी चीन भ्रमणमा छन् । हाइनान प्रान्त चीनका व्यापारी र व्यवसायी तथा चाइना काउन्सिल फर प्रोमोटिङ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) का सदस्यसँग नेपाली भ्रमण दलले व्यापार, व्यवसायका विभिन्न पक्षबारे छलफल गरेको मुख्य न्यायाधिवक्ता घिमिरेले जानकारी दिए ।

उनले भने, ‘हाइनानको पर्यटन, नागरिक उड्डयन, जलस्रोत, ऊर्जा, सौर्यऊर्जा र औषधि व्यवसायीका प्रतिनिधि मण्डलसँग ११ गते शुक्रबार भेटवार्ता भयो ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.