www.tandavnews.com
Fact ~ In search of truth

लायन्स मिटिङमा मुख्यमन्त्री गुरुङले भने,’सामाजिक क्षेत्रमा लायन्सको योगदान महत्वपूर्ण’

म्याग्दी ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको तेस्रो क्याविनेट मिटिङ शुक्रबार र शनिबार म्याग्दीको बेनी र धार्मिक क्षेत्र गलेश्वरमा सम्पन्न भएको छ । पहिलो दिन गलेश्वर मन्दिर परिसरमा र दोस्रो दिन बेनीको खुल्ला चौरमा मिटिङ आयोजना भएको हो ।

मिटिङलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक क्षेत्रमा नेपाली लायन्सहरुले पु¥याएको योगदान महत्वपूर्ण रहेको धारणा राखे । सामाजिक काम र पद हस्तान्तरणको क्षेत्रमा लायन्सबाट राजनीतिक दलहरुले शिक्षा लिनुपर्ने उनले बताए । अबको यात्रा आर्थिक समृद्धिको हुनुपर्ने बताउँदै गुरुङले प्रदेश ४ ले समृद्धिको यात्रा सुरु गरिसकेको धारणा राखे । ‘यो प्रदेशमा जलस्रोत, पर्यटन र कृषिको प्रशस्त सम्भावना छ,’ उनले भने ।

Batas

कार्यक्रममा बोल्दै विशेष अतिथि लायन्स मल्टिपल काउन्सिल चियरपर्सन एवं एलसिआइसफ एरिया लिडर बालकृष्ण बुर्र्लाकोटीले डिष्ट्रिक्टले सञ्चालन गरेका सामाजिक कार्यक्रमहरु तत्कालीन र दीर्घकालीन रुपमा निकै उपलब्धीपूर्ण रहेको बताए ।

कार्यक्रमका सभापति तथा डिष्ट्रिक्ट गभर्नर धनराज आचायले आफ्नो कार्यकालमा ल्याएको पढाऔं अभियान कार्यक्रमले नेपालको शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उक्त अभियानका लागि ५ करोड रुपैयाँ भन्दा बढीको प्रतिबद्धता आएको जानकारी दिदै उनले कोषमा रकम संकलन हुने क्रम जारी रहेको बताए ।

लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षमा गभर्नर बनेका आचार्यले डिष्ट्रिक्ट अन्तर्गत सय वटा कार्यक्रम तर्जुमा गरेका छन् । प्राय कार्यक्रम सफल भइसकेको बताउँदै उनले केही महत्वपूर्ण कार्यक्रम सञ्चालन हुने क्रममा रहेको जानकारी दिए । सय वटा कार्यक्रम अन्तर्गत नै सामाजिक क्षेत्रमा योगदान पु¥याएका सय जना सामाजिक व्यक्तिहरुलाई यही फागुन २६ गते पोखरामा रथारोहणसहित विशेष सम्मान गर्ने कार्यक्रम छ ।

कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियरपर्सन राजन लम्साल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठ, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, आगामी महाधिवेशनका लागि द्वितीय भाइस गभर्नरमा उम्मेदवारी प्रस्तुत गरेका मनबहादुर रोका, मणीश्री रत्न बज्राचार्य र हरि मरहठ्ठा लगायतले बोलेका थिए ।

कार्यक्रममा सांसद भुपेन्द्र्र बहादुर थापा, नरदेवी पुन, विनोद के.सी. लगायत बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र के.सी., गुल्मपती अनिल बुढाथोकी, जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का, उपमेयर सन्जु बरुवाल लगायतको उपस्थिति थियो । कार्यक्रमको संयोजन डिष्ट्रिक्टका कोचिफ एडभाइजर चन्द्रकुमार के.सी., सिनियर एओजी सन्तोष रावल, रिजन चियरपर्सन सरोज बानियाले गरेका थिए ।

पूर्व मल्टिपल काउन्सिल चियरपर्सनहरु, भाइस डिष्ट्रिक्ट गभर्नरहरु, डिष्ट्रिक्ट ३२५ वी १ नेपालका पूर्व गभर्नरहरु, वेनी नगरपालिका वडा विभिन्न वडाअध्यक्षहरु, डिष्ट्रिक्ट ३२५ वी १ नेपालका क्याविनेट अफिसरहरु, विभिन्न क्लबका अध्यक्षहरु, क्लब अफिसरहरु तथा क्लबका सदस्य सहभागी भएको क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्यालले जानकारी दिए । मोफसलमा आयोजना भएपनि डिष्ट्रिक्टको क्याबिनेट मिटिङ ऐतिहासिक बनेको संयोजक केसीले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.