www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश चार : मुख्यमन्त्री र सभामुखले शपथ लिए, रामशरण मन्त्री नियुक्त

पोखरा
ताण्डव संवाददाता ।

प्रदेश चारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख बाबुराम कुवँरले आज बिहान शपथ खुवाए ।

प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले पनि आजै शपथ लिएका छन् । अधिकारी पर्वत क्षेत्र नं १ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

Batas

मुख्य मन्त्री गुरुङले आजै ६ सदस्यीय मन्त्रीमण्डल बिस्तार गरेका छन् । गुरुङले गोर्खा १ ख बाट निर्वाचित सांसद रामशरण बस्नेतलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिए ।

बाँकी मन्त्रालय तत्काललाई मुख्य मन्त्री स्वयंले सम्हाल्नेछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.