www.tandavnews.com
Fact ~ In search of truth

प्रमुख विहिन प्रदेश चारको प्रहरी कार्यालय

पोखरा
ताण्डव न्यूज ।

चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखरा एक महिनादेखी प्रमुख विहिन बनेको छ ।

चैत २८ गतेदेखी प्रमुख विहिन बनेको प्रदेश कार्यालयमा अहिले एसएसपी रविन्द्रबहादुर दानुकले निमित्त प्रमुखको जिम्मा सम्हाल्न बाध्य छन् ।
एआइजी कमलसिंह बम र डिआईजी पुष्पचन्द रन्जितले एकै लटमा अवकास पाएपछि प्रदेश कार्यालय प्रमुख विहिन बनेको हो ।

Batas

यता, संघिय प्रहरी इकाई गण्डकी पनि प्रमुख विहिन भएको छ । एसएसपी विष्णुहरी गौतमले पनि अवकास पाएपछि अहिले त्यहाँको कमाण्ड डिएसपी रामचन्द्र पौडेलले सम्हालेका छन् ।

एआइजी बम, डिआइजी रन्जित र एसएसपी गौतम एकै दिन भर्ना भएका हुनाले एकै दिन अवकास पाएका हुन् ।

अवकास र बढुवा प्रक्रियाले गर्दा यस्तो भएको एक प्रहरी अघिकृतले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.