www.tandavnews.com
Fact ~ In search of truth

सबै मिलेर प्रदेशलाई नमुना बनाऔं : सभामुख अधिकारी

पोखरा ।

४ नम्बर प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले सबैले मिलेर यस प्रदेशलाई नमुना बनाउनुपर्ने बताएका छन् । तिव्रताका साथ काम गर्न प्रदेश सभा सचिवालयका कर्मचारीलाई अधिकारीले निर्देशन समेत दिए ।

प्रदेश प्रमुख बाबुराम कुँवरबाट सभामुखको पद तथा गोपनियताको सपथ लिएपछि पदबहाली गर्दै अधिकारीले प्रदेश सफल बनाउनको लागि छिटो भन्दा छिटो कामको आवश्यकता रहेको बताए । ‘संघीयता कार्यान्वयन सुरु भएको छ यसलाई सफल बनाउन छिटो भन्दा छिटो काम गर्नुपर्ने आवश्यकता छ, हामी हाम्रो स्थानबाट जुट्छौं तपार्र्ईं तपाईको स्थानबाट जुट्नुहोस,’ उनले भने ।

Batas

संघीयतालाई हेर्ने अझै धेरै भ्रमहरु रहेको बताउँदै अधिकारीले ती भ्रमहरु निवारण गर्न कानुनहरु आवश्यक रहेको र ती कानुनहरु बन्न छिटो काम हुनुपर्नेमा उनले जोड दिए ।

सभामुखको सपथ लिएर सहिद स्मृति पार्कमा माल्याणपण गरेसँगै अधिकारी प्रदेश साँसद भवन पुगेका थिए । सभामुखको कार्यकक्षमा पदभार ग्रहण गरेपछि उनले प्रदेश सभा सञ्चालन गर्ने नियमावली बनाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका थिए ।

नदिपुर स्थित प्रदेश संसद भवन पुग्दा सभामुख अधिकारीलाई प्रदेश सचिवालयका प्रमुख जिवराज बुढाथोकी लगायतका कर्मचारीले स्वागत गरे ।

प्रदेशको अबको बैठक आईतवार बस्दैछ र त्यो बैठकको अध्यक्षता अधिकारीले गर्दैछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.