www.tandavnews.com
Fact ~ In search of truth

एमालेकी सिर्जना शर्मा प्रदेश ४ को उपसभामुख

पोखरा
ताण्डव संवाददाता ।

प्रदेश चारमा नेकपा एमालेकी सिर्जना शर्मा उपसभामुख बनेकी छन् ।

नेकपा एमाले प्रदेश कमिटि सदस्य समेत रहेकी शर्मा मत विभाजनबाट चयन भएकी हुन् । आइतबार नदीपुरस्थीत प्रदेशसभा वैंठकमा उनले ३८ मत ल्याएर सभामुख बनेकी हुन् । उनको विपक्षमा काँग्रेसको मनकुमारी गुरुङ र जनमोर्चाबाट पियारी थापाले उम्मेदवार हालेका थिए ।

Batas

सभामुख चयन गर्नको लागि ५६ जनाको संख्यामा रहेका साँसदहरुबाट ३८ जनाको सर्पोट मिलेको थियो भने १८ जना उनका विपक्षमा थिए । नेपाल महिला संघको केन्द्रीय सचिव समेत रहेकी शर्मालाई मायानाथ अधिकारीले प्रदेशसभाको उपसभामुख पदको लागि प्रस्तावित गरेका थिए भने गायत्री गुरुङको समर्थन रहेको थियो ।

निर्वाचित भएपछि शर्माले देश र जनताको सुख र सम्मृद्धि तिर लैजाने पहल गर्ने बताइन् । उनले पहिलो संविधानको पहिलो अभ्यास भएपनि संविधानको परिधिभित्र बसेर नियम कानुन बनाई सबैलाई पछ्याउने बताइन् ।

नेपाली काँग्रेसको तर्फबाट विन्दुकुमार थापाले मनकुमारी गुरुङलाई प्रस्तावित गरेका थिए भने जनमोर्चाकी पियारी गुरुङलाई कृष्ण थापाले उपसभामुख पदको लागि प्रस्ताव गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.