www.tandavnews.com
Fact ~ In search of truth

घाटु नाच इतिहासको विरासत हो, हाम्रो पहिचान हो : मुख्यमन्त्री गुरुङ

लमजुङ ।

ग्ण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले घाटु नाचको संरक्षणमा स्थानीय स्तरबाटै प्रयास गरिनुपर्ने बताएका छन् । गुरुङ जातिको मात्र नभइ घाँटु प्रदेशकै पहिचान भएको भन्दै उनले यसको संरक्षण हुनुपर्ने धारणा राखे ।

घाँटु आफुले धेरै ठाउँमा देखेको भन्दै उनले भने, ‘घाटु नाच इतिहासको विरासत हो, हाम्रो पहिचान हो ।’ उनले बास्तविक घाटु यही क्षेत्रमा नाचिने गरेको बताए । घाँटु नाच विशेष गरी सति, कुसुण्डा र बाह्रमासे गरी तीन थरी रहेपनि ठाउँ नै पिच्छे फरक देखेको उनले अनुभव सुनाए ।

Batas

लमजुङको क्व्होलासोँथर ६ पसगाउँमा आयोजित नवौं पसगाउँ महोत्सबमा बोल्दै मुख्यमन्त्री गुरुङले घाटु गाउने चलन नया पुस्तामा नसरेको भन्दै उनले लोप हुने चिन्ता देखाए । घाटु गुरुहरु ८० बर्ष पुगिसकेकाले उनीहरुको अवसानसँगै घाँटुको अवसान हुन सक्ने भन्दै नयाँ पुस्तालाइ सिक्न आह्वान गरे । घाटु संरक्षण गर्न जनस्तरबाटै आर्थिक संकलन भएको भन्दै यो क्रम अझ बढेर जाने समेत उनले बताए ।  घाटु नाच प्रति आप्mनो गर्व र सम्मान रहेको भन्दै उनले गण्डकी सरकार यसको संरक्षण र संवद्र्धनमा सचेत रहेको बताए । बैशाख पुर्णिमामा तीन दिनसम्म नाचेर सेलाइने घाटु नाचमा राजा रानीको कथालाई गिति भाकामा गाइन्छ । सोही तालमा घाँटुनीहरु नाच्ने गर्छन् ।

अर्को प्रसंगमा मुख्यमन्त्री गुरुङले अब गाउँलेहरु नयाँ ढंगले अघि बढ्नुपर्ने बेला आएको बताएका छन् । गाउँमा बाटो, विजुली, स्कुल, अस्पताल लगायत आधारभुत आवश्यकता पुरा भइसक्दा समेत गाउँलेहरु शहर झर्ने क्रम नरोकिएको भन्दै उनले भने, अब हाम्रो सोंच बदल्नुपर्ने भएको छ, नयाँ दशामा अघि बढ्ने बेला आएको छ ।

मुख्यमन्त्री गुरुङको आप्mनै गाउँ लमजुङको क्व्होलासोँथर ९ टक्सारमा बैशाख पूर्णिमामा आयोजित घाँटु कार्यक्रममा बोल्दै गुरुङले केही बर्ष भित्र गाउँ गाउँका सडक ग्राभेल र कालोपत्रे हुने बताए । अब गाउँमा व्यवसायिक रुपमा उत्पादनमा लाग्नुपर्ने भन्दै यसका लागि गण्डकी सरकारले सहयोग गर्ने बताए ।

यस बर्ष मात्र गण्डकी सरकारले ग्रामिण पर्यटनमा ३० करोड र कृषि उत्पादनमा ४० करोड लगानी गरेको बताए । आप्mनो गाउँबाट एउटा पनि निवेदन नआएको भन्दै गुरुङले कृषि फार्म चलाउन र होमस्टे मार्फत पर्यटन प्रवद्र्धन गर्नका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।

कार्यक्रममा पाँचगाउँ टक्सार समाज युकेले ८० हजार, लमजुङ पाँचगाउँ टक्सार गुरुङ समाजले ४५ हजार, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उनका धर्मपत्नी एवं क्व्होलासोँथर गाउँपालिका उपप्रमुख कुमारीमुनि गुरुङद्धारा २५ हजार, नेकपा नेता मिना गुरुङ र उनका श्रीमान ओमकुमार गुरुङद्धारा १० हजार पाँच, साँसद चन्द्रमोहन गौचनद्धारा १० हजार, एलिना गुरुङ, उनका श्रीमान ओमित गुरुङद्धारा १० हजार पाँँच र गाउँले छोरी चेली समुह पोखराबाट १५ हजार र राजु गुरुङले ५ हजार रुपैयाँ सहयोग प्राप्त भएको स्थानीय शिक्षक ईमप्रसाद गुरुङले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.