www.tandavnews.com
Fact ~ In search of truth

मान्छेलाई कति मान चाहिएको ? : मुख्यमन्त्री पिएस

पाेखरा
ताण्डव न्यूज । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा (पिएस) गुरुङले मान खोज्न काम गर्नुपर्ने बताएका छन् । ‘काम गरे त नाम भइहाल्छ नि, मुख्यमन्त्री पिएसले भने, कति मान चाहिएको ?’ उनले प्रमुख अतिथी हुने कुरा नेपालमा दुर्भाग्यपूर्ण बन्दै गएको टिप्पणी गरे ।

तनहुँको बन्दिपुर २ पिप्ले स्थित पवित्रा माविको ६१ औं बार्षिकोत्सब समारोहलाई संवोधन गर्दै मुख्यमन्त्री पिएसले सार्वजनिक कार्यक्रममा अनावश्यक तामझाम, खर्चिलो र भड्किलो हुँदै गएको भन्दै चिन्ता समेत व्यक्त गरे ।

Batas

सार्वजनिक कार्यक्रममा भाषण सुन्ने भन्दा सुनाउने धेरै हुन थालेको भन्दै उनले अनावश्यक भाषण समयको बर्बादी मात्र भएको बताए । मान खोज्ने र तडक भडक गर्ने कुरा बदल्न जरुरी रहेको भन्दै उनले यस्ता कार्यक्रममा जान नपरोस् भन्ने आफ्नो चाहना रहेको बताए । ‘यस्तो सोंच बदल्नुस्, उनले भने, संसार आँफैं बदलिँदैन, हामीले बदल्ने हो ।’

लमजुङको सुन्दरबजार स्थित सयपत्री माविको बार्षिकोत्सबको उद्घाटन गरेर बन्दिपुरको पवित्रा मावि पुगेका मुख्यमन्त्री गुरुङले सार्वजनिक कार्यक्रमको ढाँचा प्रति टिप्पणी गरेका हुन् । उनले सार्वजनिक कार्यक्रममा भाषण गर्नेको लस्कर देखेर अत्यास लाग्ने गरको भन्दै काममा गरेर देखाउनुपर्ने बेला आएको बताए ।

संघीयताको नयाँ संरचना प्रदेश भएको भन्दै मुख्यमन्त्री पिएसले कतिपयलाई यो व्यवस्था प्रति आशंका रहेको बताए । ‘कतिपयलाई यो व्यवस्था चल्छ कि चल्दैन भनेर आशंका छ, केहीले चल्दैन भन्दैछन् भने धेरैले आशाका साथ हेरिरहेका छन्, उनले भने, नेपाली समाजको यो द्धिविधाबाट अगाडी आउन काम गरिरहेका छौँ ।’

संघीयताको अअनुभवहिनताको सुविधा आफुहरुलाई रहेको भन्दै उनले प्रदेश सरकार उत्पादन वृद्धी, गरिबी निवारण र रोजगारी सिर्जना गर्ने योजना तथा कार्यक्रम लिएर अघि बढेको बताए ।

प्रदेश सरकारले संघीय सरकारको विरोध नगरेको स्पष्टोक्ती दिए । संघीय सरकारको गति ढिलो भयो बढाउ भनेको हो, उनले भने, यो सरकार एउटा सरकार हटेर अर्को सरकार आएको नभई राज्यको शासकीय स्वरुप नै बदलिएकाले सोही अनुसार अघि बढ्न आफुले भन्दै आएको बताए ।

संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण, स्रोत साधनको बाँडफाँड लगायतका काम गर्न संघीय सरकारलाई अनुरोध गरेको भन्दै मुख्यमन्त्री पिएसले भने, प्रदेश र स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिनुपर्ने आफ्नो धारणा रहेको दोहो¥याए ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने अन्तर प्रदेश परिषदको बैठकमा पुस भित्रै कर्मचारी समायोजन गर्ने, माघमा अन्य धेरै कुराहरु गर्ने सहमति भएको उनले स्मरण गरे । ‘सहमतिहरु अहिलेसम्म पुरा भएको छैन, मुख्यमन्त्री पिएसले भने, फागुन २१ सम्म सबै कानुन संघीयता अनुसार बनिसक्नुपर्छ, नबने खारेज हुन्छ, अनि देश कसरी चल्छ ?’

अहिलेको शिक्षा प्रणाली नसुध्रिएसम्म देशले प्रगति गर्न नसक्ने उनको कथन छ । गण्डकी सरकारले प्राविधिक शिक्षालय र गण्डकी विश्वविद्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुगिसकेको भन्दै उनले देशलाई आवश्यक प्राविधिक जनशक्ति र अनुसन्धानमा आधारित शिक्षामा जोड दिने उनको भनाई छ ।

प्रदेशले खोज्ने प्राविधिक शिक्षालय र गण्डकी विश्वविद्यालयमा राजनीतिक विचारका आधारमा भेदभाव नहुने भन्दै उनले भागवण्डाको राजनीति हुन नदिने बताए ।

पवित्रा माविले प्राविधिक शिक्षा, विज्ञान लगायतका विषयमा अध्ययन– अध्यापन गराएकोमा खुशी व्यक्त गर्दै उनले प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने आश्वासन समेत दिएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.