www.tandavnews.com
Fact ~ In search of truth

‘प्लेयर अननोन ब्याटलग्राउण्ड’को एडिक्सन

पोखरा
ताण्डव न्यूज ।

रत्नचोकका सुनिल पौडेल एक महिनायता मोबाइलमा अलि बढी कन्सन्ट्रेट छन् । मर्निङ क्याम्पस सकिएपछि उनको दिन मोबाइल चलाउँदै वित्छ । सुनिल जस्तै उनका प्रायः साथिहरुपनि मोबाइलमै दिन विताउँछन् । उनीहरुलाई अहिले अनलाइनको माध्मद्वारा कम्प्युटर तथा मोबाइलमा खेलिने ‘प्लेयर अननोन ब्याटलग्राउण्ड’ अर्थात ‘पबजी’ खेलको लत बसेको छ ।

पबजी एउटा भर्चुअल खेल हो । यो खेल इन्टरनेटको माध्यामबाट कम्प्युटर तथा राम्रो मोबाइलमा खेल्न सकिन्छ । यसको नसा बसेपछि छुटाउन गाह्रो हुने यो खेल खेल्नेहरु बताउँँछन् ।

Batas

पर्वतका दीपक पौडेल भन्छन् ‘कहिलेकाँही त खाना खानै विर्सिदोँ रहेछु । आमाले गाली गरेपछि बल्ल खाना खान्छु । कति मोबाइल चलाको भन्दै गाली पनि गरिरहनुहुन्छ । लत बसेपछि गाह्रो हुँदो रैछ ।’ कसरी हुन्छ, मिसन कम्प्लीट गर्नमा धेरै ध्यान जाने उनको भनाई थियो । ‘मिसन कम्प्लिट गर्न पाए आनन्द हुन्छ । साँच्चीको चिकेन डिनर खाएको भन्दा बढी मज्जा पबजीमा चिकन डिनर पाउँदा आनन्द लाग्छ’ उनले सुनाए ।
यो खेलमा चिकेन डिनर भन्नाले खेलको मिसन कटाइसकेपछि विजेताले पाउने डिनर पार्टि हो ।

समूहमा खेलिने यस खेलप्रतिको लोकप्रियताले बालबालिकाहरुमा गलत प्रभाव पार्दै आएको मनोचिकित्सकहरु बताउँछन् । मनोचिकित्सकहरुका अनुसार यो खेल खेल्नेहरुको मानसिक तथा शारीरिक विकासमा नकारात्मक असर पर्ने गरेको छ ।

नेपालमा यस खेलले पारेको प्रभावबारे कुनै अध्ययन गरिएको छैन । तर यस खेलबारे सामाजिक सञ्जालमा सेयर हुने भिडियोका आधारमा यहाँ पनि खेल्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको अनुमान लगाउन सकिन्छ ।

यो खेल विश्वभरिका खेलाडीहरुसँग खेल्न मिल्छ र सबैको समय क्षेत्र फरक–फरक हुन्छ । नेपालका युवाहरु अमेरिकन तथा युरोपियन खेलाडीहरुसँग खेल्नको लागि भए पनि रातको दुई–तीन बजेसम्म नसुतेरै भर्चुअल खेलमा रात बिताउँछन् ।

यसले उनीहरुको निन्द्रा मात्र बिगार्दैन, यसको नकारात्मक असर रक्तचापदेखि मधुमेह जस्ता रोगहरुको पनि संक्रमण निम्त्याउँछ । पर्याप्त निद्रा नपुग्दा एकाग्रतामा कमी आउने र सम्झने शक्तिमा पनि ह्रास आउने चिकित्सकहरु बताउँछन् ।

पबजीलाई प्रतिबन्ध !

एक हप्ताअघि मात्र भारतको जम्मुका एकजना फिटनेस ट्रेनर पबजी खेलको लतमा परेर मानसिक सन्तुलन नै गुमाउन पुगेका थिए । उनी १० दिनदेखि यो खेल खेलिरहेका थिए ।

पछि मानसिक अवस्था गुमाउन पुगे र उनलाई अस्पताल भर्ना गरियो । जम्मुमा यो छैटौं घटना हो । अहिले त्यहाँका विद्यार्थी सहित आमनागरिकले यो खेलमाथि प्रतिबन्ध लगाउन सरकारसँग माग गरिरहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.