www.tandavnews.com
Fact ~ In search of truth

बस समितिद्वारा नाजायज निर्देशन, यात्रु बोके व्यवसायी मजदुरलाई कारवाही

पोखरा
ताण्डव न्यूज ।

सरकारको यातायात संघसमिति खोरजी गर्ने निर्णय लगत्तै तातेको सार्वजनिक यातायातको क्षेत्र आज बिहीबार साँझ देखि नै यात्रुहरुको सुविधालाई नजरअन्दाज गर्दै आन्दोलनमा उत्रने भएको छ ।

वैशाख १९ गते बुधबार पोखरामा प्रधान कार्यालय रहेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले सूचना टाँस गरी आफ्ना व्यवसायीलाई वैशाख २० गते दिवा सेवाका सम्पूर्ण क्यूका सवारीहरुलाई स्वेच्छिक संचालन गराउने र रात्रि सेवाका नियमति क्यूका गाडीहरु संचालन नगर्न निर्देशन दिएको हो ।

Batas

‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पूर्व निर्धारित आन्दोलनका कार्यक्रम अनुरुप मिति २०७५-०१-२१ गतेका दिन यस समितिको व्यवस्थापनका सम्पूर्ण कार्यालय÷टिकट काउन्टरहरु बन्द हुने’ समितिको सूचनामा उल्लेख छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सम्मिलित अन्य विभिन्न ५ महासंघ मिलेर सयुक्त रुपमा सरकारले जारी गरेको यातायात व्यवस्था निर्देशिकाको विरोधमा व्यवसायी मजदुरलाई सवारी घर ग्यारेजमा थन्काउन उर्दी जारी गरेका हुन् ।

यातायात सयुक्त आन्दोलन मूल सघर्ष समितिका अनुसार वैशाख २७ गतेबाट अनिश्चित समयसम्मका लागि सार्वजनिक सवारी साधन नगुडाउने चेतावनी दिँदै आएका छन् ।

तथापि, सरकारले सार्वजनिक अत्यावश्क पूर्वाधारको महत्वपूर्ण विषय अन्तर्गत सार्वजनिक यातायात सेवा अबरुद्ध गर्न नपाईने नियम बनाएको छ ।

यो पनि पढ्नुहोस्

यातायात व्यवसायीद्वारा यातायात व्यवस्था कार्यालय गण्डकी घेराउ

तोडिदैं सिण्डिकेटको जालो : गण्डकीमा दुई यातायात कम्पनी संचालनको तयारीमा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.