www.tandavnews.com
Fact ~ In search of truth

न्यौपानेको पञ्जेबाजाको गीत ‘मायाले हो मात्रै भन’ सार्वजानिक (भिडियो)

पोखरा
ताण्डव न्यूज । 

कर्णप्रिय आवाजका धनी गायक पुरुषोत्तम न्यौपानेले पञ्चेबाजाको गीत ‘मायाले हो मात्रै भन’ दर्शक श्रोतामा ल्याएका छन् ।  युट्युब मार्फत रिलिज गरिएको पञ्चेबाजाको गीतबाट फरक अनुभुती दर्शक श्रोतालाई गराउने प्रयास गरेको न्यौपानेले बताए ।

‘हुनत पञ्चेबाजाका धेरै गीत आइसकेका छन् तर अन्य गीतमा भन्दा केहि पृथक र वास्तविकता यसबाट पस्कने प्रयास मैले गरेको छु’ न्यौपानेले भने । गीतमा न्यौपानेलाई जुना श्रीसले स्वरमा साथ दिएकी छन् ।

Batas

रमेश बिजीको शब्द संकलन र इश्वर सिंहको लय संकलन रहेको गीत भरपुर संगीत प्राली पोखराको प्रस्तुतिमा सार्वजनिक भएको हो । गीतलाई उत्कृष्ट बनाउन एरेन्जर तारानाथ आचार्यले मेहनत गरेका छन् ।

गीतको भिडियोमा शंकर विसी र मुना थापा मोडलका रुपमा देखिएका छन् । साथमा अन्य थुप्रै कलाकार र विशिष्ट व्यक्तिलाई भिडियोमा देख्न सकिन्छ ।

शंकर विसीको निर्देशन, दुर्गा पौडेलको छायाकंन, र नविन घर्ती मगरको सम्पादनको समिश्रणले भिडियोलाई आर्कषक बनाएको छ ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.