www.tandavnews.com
Fact ~ In search of truth

शुक्रबार प्याराडिसो स्पोर्टस् बारमा धर्मेन्द्र सेवानको बिशेष प्रस्तुति

पोखरा,

पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा शुक्रबार साँझ धर्मेन्द्र सेवानको विषेश सांगितिक प्रस्तुती राख्ने भएका छन् । देशैको अवसरमा परेर बारमा उनले विषेश प्रस्तुती राख्ने प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिल म्यानेजर हरी पौडेले जानकारी दिए ।

बेलुका ७ बजेबाट शुरु हुने बिषेश सांगितिक प्रस्तुती मध्यरातसम्म चल्ने छ । धर्मेन्द्र सेवान सहित उनको व्याड र बारका नियमीत कलाकारले प्रस्तुती राख्ने पौडेलले बताए । सेवानले विभिन्न गीतहरु प्रस्तुत गर्ने छन् । युवा पुस्तामाझ प्रिय विधाका कलाकारको प्रस्तुति रहने भएकाले पनि युवा÷युवतीका साथै पारिवारी जमघट हुने उनले बताए ।

Batas

‘युवापुस्तालाई लक्ष्त गरि विषेश सांगितिक कार्यक्रम आयोजना गरिएको छ,’ उनले भने, ‘त्यसैले पनि कार्यक्रममा धेरैभन्दा धेरै युवा पुस्ताको सहभागीता हुने छ ।’ उनले विषेश अवसरमा ग्राहकलाई १० प्रतिशत छुटको व्यवस्था रहेको उनले बताए । ‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण चाहानेलाई लक्ष्त गरि सेवा प्रदान गर्दै आएको छ ।

बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ ।

उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.