www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री अधिकारीको शव पोखरा ल्याइदै

पोखरा ।

ताप्लेजुङको चुहानडाँडामा दिवंगत भएका संकृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई गृह जिल्ला पोखरा ल्याइदै छ।

बुधबार दिउँसो दुर्घटनामा परेको एयर डाइनेष्टिको हेलिकप्टरमा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको निधन भएको थियो। सो दुर्घटनामा निधन भएकाहरुको शव विहिबार काठमाडौं लगिएको थियो।

Batas

शव पोष्टमार्टम पछि सातै जनाको पार्थिव शरिरलाई सैनिकमञ्च टुँडिखेलमा श्रद्धान्जलीका लागि राखिएको थियो। विहान ८ बजेदेखि ११ बजेसम्म राखिएको श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको शवलाई पोखरा ल्याएको हो।

अधिकारीको शवलाई पोखरामा केहि घण्टा श्रद्धाञ्जलीका लागि राखिने र रामघाटमा आजै अन्त्यष्टि गरिने छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.