www.tandavnews.com
Fact ~ In search of truth

रेडियो सिटी र मेघा एफएमको श्रोतासँग भेटघाट

पोखरा ।

८३ वर्षीय समाजसेवी व्यक्ति केशवराज कोइरालाको अगुवाइमा रेडियोलाई माया गर्नु हुने श्रोतासँग भेटघाट तथा परिचयात्मक कार्यक्रम भएको छ ।

कार्यक्रमलाई रेडियो सिटी पोखरा १०५.६ मेघा एमएम ९५.४ को समन्वय भूमिकामा श्रोतासँग शनिबार भेट गर्ने जमर्को जुटाइएको थियो ।

Batas

कार्यक्रममा पुराना रेडियो श्रोता मिनु गुरुङ, प्रकाश थापा लगायतका ५० भन्दा बढी श्रोताहरुको सहभागिता थियो ।

भेटघाट तथा परिचयात्मक कार्यक्रममा गीत संगीतमा पनि रमाइलो गरिएको थियो । विष्णु बराल, आरती जिसी र प्रकाश थापाले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । कलाकारले गाएको गीतमा केशवराज कोइराला र अम्बिका कोइराला नाचेर साथ दिएका थिए ।

कार्यक्रममा समाज परिवर्तनमा रेडियोको भुमिका, रेडियोको आवश्यकता महत्वको बारेमा छलफल र सुझाव संकलन गरिएको थियो ।

कार्यक्रममा रामचन्द्र घिमिरे ,गुरुप्रसाद बास्तोला, तिर्सना गुरुङ र देशभक्त सिंह कुवर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सन्चालन ऋषिराम दहालले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.