www.tandavnews.com
Fact ~ In search of truth

अष्ट्रेलियन स्वादको अर्काे नाम हो ‘मुग्लान’

पाेखरा
ताण्डव न्यूज ।

पोखराको ब्यस्त सडक न्युरोड छेउमा एक वर्ष पहिले निकै चुनौतीका साथ एउटा रेष्टुरेण्ट खुल्यो ‘मुग्लान’ त्यो पनि पोखराको परिवेशमा नयाँ तरिकाले ।

मुग्लान (अष्ट्रेलिया) मै रेस्टुरेण्ट व्यवसायमा जमेका व्यवसायी राजमान थकालीले डेढ करोड लगानीमा पोखरामा पनि ‘मुग्लान’ सुरु गरेका हुन् । पछिल्लो समय पोखरा शहरवासीमाझ परिचित नाम हो । राजमान थकालीले अस्ट्रेलियाको सिड्नीमा रहेको मुग्लान रेष्टुरेन्ट एन्ड बारको फ्रेन्चाइज पोखराको मिड टाउन ग्यालरियामा सञ्चालनमा ल्याएका हुन् ।

Batas

यो एक वर्ष पूरा गर्दा मुग्लान रेस्टुरेण्ट कस्तो रह्यो लगायतका विषयमा उनै थकालीसँग ताण्डव न्यूजका लागि सन्तोष अधिकारीले गरेको संक्षिप्त कुराकानी–

अष्ट्रेलियाको बजारमा ‘मुग्लान’ नाममा जमेको तपाईंको रेस्टुरेण्ट व्यवसाय पोखरामा सुरु गर्नुपर्छ भन्ने कसरी लाग्यो ?

यहाँ व्यवसाय गर्न निकै चुनौती थियो । रिक्स हुँदा हुँदै पनि केहि हुन्छ भनेर नै यहाँ सुरु गरियो । नेपालमा थकाली खानाको पपुलारिटी जुन छ, त्यसलाई ध्यान दिएर यसखालको रेस्टुरेण्टबाट पनि सर्भिस दिन सकिन्छ भन्ने लागेर नै ब्यवसाय सुरु गरियो । लन्च बारमा थकाली खाना भएको नेपाली बजारमा छैन भन्दा पनि हुन्छ । त्यसैले हामीले चुनौती नै चुनौतीकोबीचमा ब्यवसाय सुरु गरियो ।

पोखरामा होटल रेस्टुरेण्ट भन्ने वित्तिकै लेकसाइड सम्झने चलन छ । तर, यो अरु व्यापारिक प्रयोजनको लागि चर्चित न्यूरोडमा किन लगानी गर्नु भयो ?

मिड टाउनको भवन जब बन्दै थियो मैले यो हेरिरहेको थिएँ । होटल रेस्टुरेण्ट भन्ने वित्तिकै मान्छेको दिमागमा लेकसाइड आउने । लगानी कर्तालाई भने त्यहाँ जोखिम छ । खुल्न त खुल्छ कहिले बन्द हुन्छ भर नै हुन्न । कम्पीटिसन पनि हाई छ । यता फेरी चुनौती नै नभएको हैन ।

फेरी यहाँ चाहिँ हुँदै नभएको नयाँ खालको चिज बनाउन उत्तिकै चुनौती थियो । ‘लन्च बारमा थकाली खाना’ यो गर्दा भविष्य देखेरै सुरु गरेको हुँ । यता राम्रो ठाउँ नभएकै कारण खानको लागि लेकसाइड जाने गर्छन् । तिनै मान्छे अहिले हाम्रोमा आएका छन् ।

उनीहरु पनि खुसी म र मेरो टिम पनि खुसी । न्यूरोडका फाइदा के भने यहाँ बिजनेश डे र नाइट दुबै टाइममा हुन्छ । लेकसाइडमा वन्ली नाइट मात्रै हो ।

चुनौती नै चुनौतीका चाङमा मुग्लान खुलेको गौरवमय एक वर्ष पूरा भयो । अष्ट्रेलियाको शाखाको रुपमा सुरु गरेको पोखराको मुग्लानमा नयाँ के पाइन्छ ?

यसमा धेरै नै नयाँ कुरा छ । मुख्य कुरा किचेनमा बनाउने तरिका नै नयाँ छ । हाइजेनिक छ । खानेकुरा अष्टे«लियन स्टाण्डर्समै मेन्टेन गरेका छौँ । कस्टुमर सर्भिसमा हाम्रो मुख्य ध्यान हुन्छ । खानामा हामीले नो कम्प्रोमाइज भनेका छौँ ।

यतिको लगानीले अष्ट्रेलियामै अर्काे मुग्लान सञ्चालन गर्न सकिन्थ्यो होला नी ?

अष्ट्रेलियामा तीन वटा ब्रान्च छ । त्यहाँ पनि अर्को शाखा खोल्न सकिन्थ्यो । यस्तो सम्भव छ । लगानी गर्ने ठाउँ, ग्राहक छ । तर त्यहाँ समस्या के छ भने थकाली खानाको रेष्टुरेण्टको लागि म्यानपावर नै छैन । अनि यहाँ सबै थोक छ । यहाँ नगरे कहाँ गर्ने ? कति मरमसलाहरु अष्ट्रेलियामा उपलब्ध छैन । यहिँबाट लैजानुपर्छ । हामीले त यहिँ पाउने भयो । त्यसको कस्ट कम भयो, अनेक कुरा छ नि यहाँ सुरु गर्नुको पछाडी ।

खानको लागि त जति पनि होटल रेस्टुरेण्ट छ । तर मुग्लान आउने ग्राहकले अन्त नभएको पाउँछ चाहिँ के ?

अरु र हाम्रोमा फरक के छ भने हाम्रोमा पारिवारिक वातावरण छ । जुन अनुभूती हाम्रोमा हुन्छ म ठोकुवा गरेर भन्छु अरुले दिन सक्दैन । म्युजिक, खाना, फोटो खिच्ने सुविधा, सर्भिस सबैलाई कम्बाइण्ड गरेर अनुभव पस्केका छौँ ।

यसैको लागि हामीले डेढ करोड लगानी गरेका छौँ । हाम्रो पहिलो वर्षको यो अबसरमा ख्याती प्राप्त कलाकार आउँदै हुनुहुन्छ । निशुल्क उहाँहरुको प्रस्तुति सुन्दै हेर्दै खानाको स्वाद लिन म सबैलाई निमन्त्रणा गर्छु ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.