www.tandavnews.com
Fact ~ In search of truth

रामजीले रेटे श्रीमती र छोराको घाँटी

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ–१५ रामबजार कालिका मार्गमा एक घरमा श्रीमानले  श्रीमती र छोराको घाँटी रेटेको घटना सार्वजनिक भएको छ ।

मकवानपुर घर भई रामबजार बस्दैँ आएका ३९ वर्षीय पेन्टर काम गर्ने रामजी घलेले ३२ वर्षीया श्रीमती सुमित्रा घले र ११ वर्षीय ज्ञापन घलेको घाँटी रेटेको आरोप लागेको हो । घटना पश्चात्त छोरा ज्ञापनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Batas

सुमित्राकी आमा पनि उनीहरुसँग बस्छिन् । सुमित्राकी आमाको अनुसार घटना यस प्रकार छ ।

मंगरबार राति करिब साढे १ बजेतिर सुमित्राले गुहार मागिन् । आमाले हतारहतार गर्दै ढोका खोलिन् । सुमित्रा र रामजी एउटा कोठामा सुत्थे । टिनको घर जसमा ढोकाबाट छिर्ने बित्तिकै प्रवेश हुने कोठामा सुमित्रा र छोरा ज्ञापन सुत्थे भने त्यो कोठा हुँदै भित्र किचनमा श्रीमान् रामजी सुत्ने गर्थे ।

भारी जिउकी सुमित्राले गुहार मागेको सुन्ने बित्तिकै आमाले ढोका खाेलिन् । सुमित्रा रगताम्मे भएकी थिइन् । उनको घाँटीबाट रगत बग्दै थियो ।

‘के भयो’ आमाले भन्दै थिइन् । ‘आमा ढोका लगाउनु त्यसले छोरा मा¥यो तपाईलाई पनि मार्छ’ सुमित्रा छट्पटिदैँ भन्दै थिइन् ।

त्यसपछि आमाले बाहिरबाट ढोका लगाइन् । भित्र नाति ज्ञापन रगताम्मे अवस्थामा ढलेको थियो । भित्र श्रीमान् रामजी पनि घाटीबाट रगत बगेर छटपटिदै थिए ।

त्यतिकैमा स्थानीयलाई गुहार मागियो । स्थानीय आउनु अघि सुमित्राले भित्तामा ‘मलाई रामजीले मारेको हो’ भनेर रगतले लेखिन् । गुहार सुनेर आएका स्थानीयले सुमित्रालाई अस्पताल लगे । घटना बारे वडा प्रहरी कार्यालय रामबजारमा खबर गरियो ।

प्रहरी घटना स्थलमै आयो । त्यहाँ पुग्नासाथ श्रीमान् रामजीलाई उपचारको लागि लगियो । अहिले सुमित्राको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल गण्डकीको आइसियुमा उपचार हुँदै छ भने श्रीमान्को मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै छ ।

घटना स्थलको प्रकृति हेर्दा श्रीमान् रामजीलेनै गरेको जस्तो देखिएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख तथा इन्स्पेक्टर दीपक केसीले बताए ।

‘बाहिरी मान्छेको कुनै संलग्नता देखिदैँन । श्रीमान् रामजीले तरकारी काट्ने चक्कुको प्रयोग गरेको देखिन्छ ,’ उनले भने, ‘सुमित्राकी आमाको भनाई र घटना स्थल हेर्दा रामजीले नै घटना घटाएको देखिन्छ, थप अनुसन्धान पनि भई रहेको छ ।’

श्रीमान् श्रीमती बीच सम्बन्ध राम्रै थियो तर पनि आज त्यस्तो घटना भएपछि सबै अचम्मित भएको इन्स्पेक्टर केसीले सुनाए ।

‘श्रीमती सुमित्रा गर्भवती थिइन्, हिजो सुत्नु अघि सामान्य भनाभन भएको सुमित्राको आमाले सुनाइन्,’ उनले भने, ‘सुमित्राले पेट दुख्यो भन्दै थिइन् रे । श्रीमान्ले भोलि अस्पताल जाम्ला भन्दै थिए रे ।’ त्यतिले मात्र घटना हुन सक्ने सम्भावना नरहेको स्थानीय बताउँछन् ।

कहिले झगडा नगर्ने श्रीमान् श्रीमती कहाँ यस्तो घटना आखिर कसरी भयो भनेर स्थानीयले चिन्ता व्यक्त गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.