www.tandavnews.com
Fact ~ In search of truth

रामघाट वालुवामा ब्रह्मलुट, सहयोगी पोखरा महानगर

पोखरा
ताण्डव न्युज ।

वालुवा उत्खनन्, विक्रि वितरण, मुल्य कती ? यि सबै कुराको निर्धान महानगरलेनै गर्छ । सोही अनुसार महानगरले टेन्डर पनि आह्वान गर्छ । टेन्डर पार्ने ठेकेदार वा कम्पनीले नियम अनुसार काम गरे नगरेको अनुगमन र कारवाही गर्ने पूर्ण अधिकार महानगरपालिकालाईनै छ । तर रामघाटमा वालुवा उत्खनन गर्ने जिम्मा पाएको एक कम्पनीले मनपरी रकम उठाउँदा उल्टो महानगरले सहयोग गरेको पाइएकोे छ ।

रामघाटमा बालुवा उत्खनन गरी विक्रिको लागि पोखरा २६ को देवचुली कन्स्ट्रक्सन कम्पनी प्रालसँग महानगरले सम्झौता गरेको छ ।
चालु आर्थिक वर्ष २०७५/०७६ मा कर संकलन गर्ने समेतको जिम्मा पाएको देवचुली कन्स्ट्रक्सनले पोखरा महागरपालिकासँग मिलेरै जनताको ढाड सेक्नेगरी ठगेको प्रमाण ताण्डव न्यूजले फेला पारेको छ ।

Batas

पोखरा महानगरले देवचुली कन्स्ट्रक्सनलाई १३ प्रतिशत भ्याट सहित ३ घनमिटर (एक टिपर) वालुवाको ७ हजार चारसय ५८ रुपैयाँ तोकेको छ । यसमा तीन घनमिटर वालुवाको २६ सय रुपैयाँ, कामदारको ज्याला ३२ सय रुपैयाँ, ट्रिपरको अधिकतम भाडा १५ सय तोकिएको छ ।

पोखरा महानगर र देवचुली कन्स्ट्रक्सनबीच तोकेको रकम भन्दा धेरै लिन नपाउने र तोकेको रकम बराबरको बील अनिवार्य काट्नु पर्ने सम्झौता भएपनि त्यसो भएको छैन ।

देवचुली कन्स्ट्रक्सनले एक ट्रिपर (प्लास्टर) वालुवा विक्रि गर्दा हाल ठेकेदारले लिने गरेको ७३०० रुपैयाँको बील नकाटी जम्मा २६०० रुपैयाँको मात्र बील काटेर कर छलि समेत गरिरहेको छ ।

देवचुली कन्स्ट्रक्सनको बिल

अर्काे, देवचुली कन्स्ट्रक्सनले काटेको बीलमा छाप समेत लगाएको छैन । त्यस्तै पोखरा महानगरले प्लास्टर वालुवा विक्रि गर्दा कामदारको ज्याला ३२ सय रुपैयाँ लिने सम्झौतामा ठेक्का दिएपनि देवचुली कन्स्ट्रक्सनले ३५ सय रुपैयाँ लिने गरेको पाइएको छ ।

सम्झौता पत्रमा देवचुली कन्स्ट्रक्सनले पोखरा महानगरपालिकालाई ३ घनमिटर वालुवाको ३ हजार रुपैयाँ राजस्व अनिवार्य बुझाउनुपर्ने उल्लेख छ ।

तर, देवचुली कन्स्ट्रक्सनले बिल २६ सय रुपैयाँको मात्रै काटेर पैसा भने ७ हजार ३ सय रुपैयाँ लिने गरेको पाइएको हो ।

कन्स्ट्रक्सन विरुद्ध महानगरमा परेको उजुरी

अनुगमन गरेर चुपचाप छ महानगर

देवचुली कन्स्ट्रक्सनले रामघाटको वालुवा उत्खनन् गरी विक्रि गर्दा बढि रकम असुलेको उजुरी पोखरा महानगरमा पटक पटक परिसकेको छ । पटक पटक उजुरी परेको कुरा महानगरले देवचुली कन्स्ट्रक्सनलाई लेखेको पत्रले नै पुष्टि गरेको छ ।

तर, पहिले नै उजुरी आउँदा महानगरले रामघाटको अनुगमन गरी किन कारबाहीको प्रक्रिया अघि बढाएन, भन्ने विषय महत्वपूर्ण हो । दुधको साक्षी विरालो बनेजस्तै भएको पोखरा महानगरले २०७५ चैत २८ गते देवचुली कन्स्ट्रक्सनलाई बढि रकम असुलेको उजुरी आएको र सम्झौता अनुसार नै रकम लिन भन्दै पत्र काट्यो ।

पत्र काटेको दिन पछि रामघाटको विषयमा पोखरा महानगर सुतेर बसेको छ । पोखरा महानगरका प्रमुख प्रशासकिय अधिकृत शेषनारायण पौडेलले जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ दिँदै पत्र काटेर घाटको अनुगमनको जिम्मा महानगरको भएको, सबै जिम्मा आफ्नो भएको भन्दै ठेकेदारलाई सहयोग गरेका छन् । यस विषयमा स्थानीय तथा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिले पोखरा महानगरलाई पत्र लेखेर ध्यानाकर्षण समेत गरेको थियो ।

ठेकेदारको बोली बोल्छ महानगर

पोखरा महानगरले भने अहिले समस्या समाधान भएको भन्दै तर्किन खोजेको छ । तत्कालीन राजस्व अधिकृत तथा वर्तमान अनुगमन अधिकृत रोमनाथ उपाध्यायले अरु भन्दा भिन्न खालको घाट भएको र उजुरी गर्नेहरुको पनि छुट्टै स्वार्थ रहेको भन्दै ठेकेदारकै बचाउ गरे ।
‘यो घाट अरु क्षेत्रको भन्दा भिन्न प्रकारको छ,’ उनले भने, ‘यहाँ उजुरी गर्नेहरुको पनि स्वार्थ छ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.