www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु

पोखरा, 

पोखरा रंगशालामा आइतबारबाट सुरु भएको प्रदेश नं ४ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फ १५ सय मिटर छात्र तर्फको फाइनलमा कास्कीका इस्माइल भण्डारीले स्वर्ण पदक ल्याएका छन । उनले उक्त दुरी ४ मिनेट ३३.५ सेकेण्डमा पुरा गरे ।

सोही दौडमा नवलपरासीका सुनिल बिनले रजत पदक हात पारे । उनले उक्त दौड ४ मिनेट ३४.४ सेकेण्डमा पुरा गरेका थिए भने लमजुङ्गका अदित्य मगरले ४ मिनेट ३५.६ सेकेण्डमा दौड पुरा गर्दै काश्य पदक प्राप्त गरे ।

Batas

यसै गरि छात्रा तर्फको १५ सय मिटर दौडमा स्याङ्गजाकी जमुना खरेलले स्वर्ण पदक प्राप्त गरिन भने गोर्खाकी गंगा श्रेष्ठले रजत र पर्वतकी अष्मिता पौडेलले काश्य पदक ल्याइन ।

छात्रतर्फको ८ सय मिटर दौडमा कास्कीका बिबेक अधिकारीले स्वर्ण, लमजुङ्गका प्रकाश नेपालीले रजत र गोर्खाका अनिल गुरुङले रजत पदक प्राप्त गरे । सोही दौडको छात्रा तर्फ स्याङजाकी जमुना खरेलले स्वर्ण, गोर्खाकी गंगा श्रेष्ठले रजत र पर्वतकी अस्मिता पौडेलले काश्य पदक ल्याइन ।

यसै गरि छात्र रिले तर्फ नवलपरासीले स्वर्ण पदक ल्याएको छ भने तनहुँले काश्य र कास्कीले रजत पदक हात पारेको छ । त्यसै गरि सोही इभेन्टमा छात्रा तर्फ कास्कीले स्वर्ण, स्याङजाले रजत र म्याग्दीले काश्य पदक प्राप्त गरेको छ ।

एथलेटिक्सको छात्र शटपुट तर्फ लमजुङका शरद कुमालले स्वर्ण पदक ल्याएका छन भने नवलपरासीका बिबेक महतोले रजत र कास्कीका दिपक थापाले काश्य पदक ल्याए । यसैगरि छात्रा शटपुटमा कास्कीकी शोनु नेपालीले स्वर्ण पदक ल्याएकी छन भने लमजुङकी ममता घलेले रजत र तनहुँकी अनु शुनारीले काश्य पदक ल्याइन ।

आइतबार नै सम्पन्न छात्र हाइजम्प तर्फ पर्वतका समुन्द्र नेपालीले स्वर्ण पदक ल्याए । उनका प्रतिद्वन्दी लमजुङका बिकास थापाले रजत र नवलपरासीका समिर महतोले काश्य पदक ल्याए । छात्रा हाइजम्पमा गोर्खाकी सुष्मिता पन्तले स्वर्ण, कास्कीकी कुशुम राना मगरले रजत र पर्वतकी रिना कुवरले काश्य पदक ल्याइन ।

यसैगरि छात्र कब्बडी तर्फ सम्पन्न भएको पहिलो चरणका खेलहरुमा बागलुङ, गोर्खा, कास्की, तनहुँ र लमजुङले जित निकालेका छन भने छात्रा तर्फ कास्की, स्याङजाले जित दर्ता गराएका छन । कब्बडी तर्फका खेलहरु जारी रहेका छन ।

यसै गरि भलिबल छात्र तर्फ तनहुँ, मुस्ताङ र कास्कीले पहिलो चरणका खेल जितेका छन भने छात्रा तर्फ पर्वत, मुस्ताङ, तनहुँ, म्याग्दी कास्की र लमजुङले पहिलो चरणमा जित दर्ता गरेका छन । यता मार्शल आटर््स तर्फ उशु, तेक्वान्दो र करातेका पनि पहिलो चरणका खेलहरु जारी रहेको जनाइएको छ ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं ४ का मुख्यमन्त्रि पृथ्वी शुब्बा गुरुङले आगामी बर्ष बाट प्रदेश ४ मा खेलकुद पूर्वाधार बिकासका कामहरु सुरु गर्ने बताएका छन । मुख्यमन्त्रि गुरुङले खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउन केन्द्र सरकार संग मिलेर काम सुरु गर्ने बताए ।

मुख्यमन्त्रि गुरुङले प्रदेश सरकार खेलकुद बिकासका लागि प्रतिवद्ध भएको जनाउँदै हरेक जिल्लामा वहुउद्धेश्यिय कभर्डहल र खेल मैदान निर्माण गरिने बताए । उनले प्रदेश ४ मा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता र दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गर्दै पोखरा रंगशालको पूर्वाधार बिकासलाई गति दिने उल्लेख गरे ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकुद परिषदको संयोजन तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भएको उद्घाटन कार्यक्रम पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीको अध्यक्षतामा भएको थियो । ।

प्रतियोगिताको मुख्य उद्धेश्य विद्यालय स्तरबाट नै खेलाडीहरु उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको पश्चिमाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले बताएका छन ।

पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला स्तरका प्रतियोगिताबाट छनौट भएका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल एथलेटिक्स, कवड्डी, उसु, कराँते, र तेक्वान्दो, गरि ११ वटै जिल्लाबाट ७ सय ९२ जना खेलाडी र १ सय ३२ जना निर्णायकहरु गरि जम्मा ९ सय २४ जनाको सहभागीता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद २० हजार सहित प्रदेश नं ४ को राष्ट्रपति रनिङ्ग शिल्ड दोश्रो हुने जिल्लालाई नगद १५ हजार ट्रफी र तेश्रो हुने जिल्लालाई नगद १० हजार ट्रफि सहित पुरस्कार प्रदान गरिने छ । विधागत खेलमा प्रथम द्वितिय र तृतीय हुने जिल्लाहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

कराते, तेक्वाण्दो, उसु, एथलेटिक्स, भलिबल र कबड्डी खेलमा प्राप्त स्थान मेडलका आधारमा प्रदान गरिने कुल स्वर्ण पदक मध्ये सबैभन्दा बढी ल्याउन सफल हुने जिल्लाले यस वर्षको प्रदेश नं ४ को राष्ट्रपति रनिङ्ग शिल्ड हात पार्न सफल हुने जनाइएको छ ।

भलिबल, कबड्डी, एथ्लेटिक्स, कराते, तेक्वाण्दो र उसु खेलका विभिन्न इभेन्टस तथा तौल समुह गरि ३७ स्वर्ण ३७ रजत र ४३ कास्य गरि कुल १ सय १७ पदकमा प्रतिस्पर्धा हुदैंछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.