www.tandavnews.com
Fact ~ In search of truth

युवा पत्रकार रञ्जन अधिकारीलाई ‘मित्र मिलन पत्रकारिता सम्मान २०७६’

पोखरा । युवा पत्रकार रञ्जन अधिकारी ‘मित्र मिलन युवा पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् । पोखराको बिग एफएमका स्टेशन म्यानेजर अधिकारीलाई मित्र मिलन कृषि सहकारी संस्था लि. ले एक समारोहका बीच नगद २५ हजार सहित सम्मान गरेको हो ।

संस्थाको छैटौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक सन्तोष घिमिरे, संस्थाका कार्यवाहक अध्यक्ष रमण पौडेल लगायतले पत्रकार अधिकारीलाई सम्मान गरे ।

Batas

बिगत ११ वर्षदेखि पत्रकारिता पेशामा निरन्तर क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य समेत हुन् । खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष अधिकारी धादिङ पत्रकार समाज पोखराका अध्यक्षसमेत हुन् । २०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी निरन्तर रेडियो पत्रकारितामा सक्रिय रहँदै गत वर्ष बिग एफएममा स्टेशन म्यानेजर पदमा नियुक्त भएका हुन् । ५ वर्ष आदर्श समाज दैनिकका साथै गोलनेपाल डटकम, कास्की आवाज दैनिकमाम समेत उनको कार्य अनुभव छ । आवश्यक पर्दा सबै विधामा कलम चलाउने उनी प्रविधिमा दख्खल राख्छन् ।

पत्रकार अधिकारीको यो तेस्रो पुरस्कार हो । ‘यातायात पत्रकारिता पुरस्कार-२०७३’ बाट सम्मानित अधिकारीले २०७४ सालमा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित पोखराकै पहिलो पत्रकार ‘स्व. जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थिए ।

सम्मानित व्यक्तित्व अधिकारीले कसैको समाचार लेखेर सम्मान पाईन्छ भन्ने नसोचेको भन्दै आफूले अहिलेसम्म प्राप्त गरेका सबै सम्मान र पुरस्कार उर्जाशील उमेर पत्रकारिता क्षेत्रमा मात्रै व्यतित गर्दै गर्दाको मूल्यांकन भएको बताए । श्रमजीवि पत्रकारलाई यति ठूलो धनराशीको पुरस्कार गर्विलो रहेको भन्दै उनले यस सम्मानले पत्रकारिता क्षेत्रमा जिम्मेवारी थपेको उल्लेख गरे । मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले सहकारी आफ्नो सिद्धान्त अनुरुप अघि बढ्न पनि उनले सुझाए ।

संस्थाका कार्यवाहक अध्यक्ष पौडेलले अधिकारीले निरन्तर १० वर्ष बढी पोखराका लागि पत्रकारिता क्षेत्र मार्फत योगदान पु¥याएकाले सम्मान गर्न पाउँदा खुशी लागेको बताए । अर्का युवा पत्रकार अर्जुन गिरी गत वर्ष सम्मानित भएका थिए ।

पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्धक किरण अधिकारीले स्वागत तथा गोपाल खनालले सञ्चालन गरेका थिए । साधारणसभामा लेखा समितिको प्रतिवेदन, अध्यक्षको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । पत्रकार अधिकारीसँगै उत्कृष्ट शेयरसदस्य, एसईई तथा कक्षा १२ मा उत्कृष्ट शेयर सदस्यका छोराछोरीलाई सम्मान पनि गरिएको थियो ।

सबै तस्विरहरुः माधव भुसाल

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.