www.tandavnews.com
Fact ~ In search of truth

साउथ इन्डिया र सुदुरपश्चिमको फ्युजन, ‘रणवीर’

पोखरा ।

नेपाली फिल्म ‘रणवीर’को टोली पोखरा आईपुगेको छ । माघ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रणवीर’ यतिबेला प्रचारको दौडमा छ ।

पोखरा आईपुगेको फिल्मको यूनिटले ‘रणवीर’ फिल्म दर्शकको लागि सम्पूर्ण प्याकेज भएको दाबी गरेको छ । ‘यो फिल्म हेर्दा दर्शकले पुरै मनोरञ्जन लिन सक्नुहुनेछ । र, हामीले दर्शकको सन्तुष्टिको लागि फिल्मलाई उत्कृष्ट बनाउने कुनै कसर छाडेका छैनौँ ।’ फिल्मका निर्देशक गोबिन्दसिंह भण्डारीले भने–‘हामी सबैलाई यो फिल्म हेर्नका लागि आह्वान गर्छौँ ।’

Batas

फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यो फिल्म ‘साउथ इन्डियन’ शैलीमा बनेको भनेर चर्चा गरिएको छ । यद्यपी फिल्मका निर्देशकले भने यो फिल्ममा नेपालको सुदुरपश्चिम भेगको कथालाई समेटिएको बताउँछन् । ‘वास्तवमा भन्ने हो भने मैले थुप्रै साउथ इन्डियन फिल्महरुमा सहायक निर्देशक भएर काम गरिसकेको छु । र, त्यहि स्कुलिङबाट आएकोले फिल्म सोहि शैलीमा बनाएको हुँ ।’ उनले भने–‘फिल्मको यो शैलीलाई नेपाली दर्शकले रुचाएको पनि पाएको छु । आशा छ रणवीरलाई पनि रुचाईदिनुहुनेछ ।’

फिल्ममा सुशिल सिटौला मूख्य भुमिकामा देखिएका छन् । उनीसँगै सुभेच्छा खड्का र सुपुष्पा भट्ट यो फिल्मका मुख्य कलाकार हुन् । फिल्ममा प्रशान्त ताम्राकार सुशिलको अपोजिटमा देखिएका छन् । प्रशान्त र सुशिलबीचको भिडन्त दर्शकको लागि गज्जबको मनोरञ्जन हुने यो फिल्मको निर्माण यूनिटको विश्वास छ ।

शनिबार पोखरामा भएको विशेष पत्रकार भेटघाटको क्रममा अभिनेता सुशिल सिटौलाले फिल्मका लागि आफूले खुब मेहेनत गरेको बताए । ‘मलाई फुलफेजमा एउटा हिरोको रुपमा यो फिल्ममा देखाईएको छ । यो मेरो करिअरको लागि सबैभन्दा महत्वपूर्ण अवसर हो । दर्शकलाई निराश हुन दिनेछैन ।’ अभिनेता सुशिलले भने ।

त्यस्तै अभिनेत्रीद्वय सुभेच्छा र सुपुष्पाले पनि फिल्म हेरिदिन दर्शकहरुसँग आग्रह गरे । आफूहरु दुवैको लागि यो फिल्म डेब्यू हुनुका साथै विशेष भएको उनीहरुको तर्क थियो । दर्शकलाई मनोरञ्जन दिनका लागि फिल्म उत्कृष्ट भएको उनीहरुले बताए ।

पत्रकार सम्मेलनमा फिल्मका निर्माताद्वय दीपेन्द्र रेग्मी र गोमा विष्ट थापाले नेपाली फिल्मको स्तरोन्नतीका लागि आफूहरु आएकोले दर्शकको साथ र मायाको आवश्यकता भएको बताए । फिल्मलाई उत्कृष्ट बनाउन आफूहरुले दिल खोलेर लगानी गरेको र त्यसको प्रतिफल पनि उत्कृष्ट आएको उनीहरुको भनाई थियो ।

फिल्मको ट्रेलरसँगै ‘तिरिमिरी तिरिमिरी तीन तारा’ बोलको गीत यतिबेला चर्चामा छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.