माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।
माछापुच्छ«े गाउँपालिका ८ ल्वाङ स्थित होम स्टे नं ६ मा एक युवकले १४ वर्षीया किशोरीको बलात्कार गरेका छन् । मंसिर ८ गते राति ९ बजे किशोरी सुतिरहेको कोठामा गई बगर बस्ने २५ वर्षीय सुजन गुरुङले बलात्कार गरेका हुन् ।
लाहाचोककी किशोरीलाई सुजनले झुक्याएर ल्वाङ पुर्याएका थिए । पोखराबाट सामान किनेर फर्किएकी किशोरी लाहाचोक ओर्लिनु पर्ने थियो ।
सुजनको ना ५ ख ८८३६ नं को बसमा उनि ३ बजे पोखराबाट चढेकी थिइन् । किशोरीलाई कहाँ ओर्लने भन्ने बारे राम्रो ज्ञान थिएन । उनले सुजनलाई नै पटक पटक लाहाचोक आएपछि आफु ओर्लिने कुरा दोहोर्याएकि थिइन् ।
तर सुजनले लाहाचोक आइसकेपछि पनि किशोरीलाई ढाँटे । ओर्लिने स्थान नआएको भन्दै अन्ततः ल्वाङमै पुर्याए सुजनले ।
किशोरी रिसाएपछि सुजनले झुक्किएर ल्वाङ पुर्याएको ढीपी गर्न थाले । रात परिसकेको थियो । किशोरीलाई भोली घर पुर्याइदिने भन्दै सुजनले नै होम स्टे नं ६ मा किशोरीलाई बस्न आग्रह गरे । फर्किन असम्भव देखिएपछि किशोरी होम स्टेमा बस्नै पर्ने बाध्यता भयो ।
किशोरीलाई एउटा कोठामा बासको व्यवस्था गरेर सुजन अर्को कोठामा गए । किशोरी बसेको कोठाको चुक्कल विग्रीएको थियो । रातको ९ बजे सुजन किशोरीको कोठामा गएर सँगै सुत्न आग्रह गरे ।
किशोरीले नमानेपछि सुजनले किशोरीको दुवै हात बाँधेर जर्वजस्ती गरे । ‘चिच्चाइस् वा कसैलाई भनिस् भने मारिदिन्छु’ भने सुजनले । डरले उनि केही बोल्न सकिनन् । हात पहिल्यै बाँधिएको थियो ।
किशोरीको सबै कपडा खोलेर सुजनले बलात्कार गर्यो ।
९ बजे बलात्कार गरेका सुजन राति १ बजे पुनः किशोरीको कोठामा गए । पुनः युवतिको हात र खुट्टा खाटमा बाँधेर बलात्कार गरे । भोलिपल्ट किशोरीलाई लाहाचोक पुर्याइदिएर सुजन पोखरा सोझिए ।
घर पुगेपछि किशोरी टोलाउने, झस्कीने व्यवहार देखाउन थालिन् । परिवारले सोधपुछ गरेपछि अन्ततः घटना सुनाइन् । सुजनले मार्ने धम्की दिएकाले भन्न नसकेको प्रस्टाइन् ।
परिवारले घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् ।
‘घटनाको जाहेरी परेको छ । हामीले अनुसन्धान गरिरहेका छौं’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रबिन्द्रमान गुरुङले भने ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.