www.tandavnews.com
Fact ~ In search of truth

बेला बेला ब्युँझिने राष्ट्रवाद !

सुमित्रा भट्टराई

शुक्रबार राजधानीमा भारतीय प्रधानमन्त्रीको सवारी र अभिनन्दन तयारी हुँदै गर्दा देशका केही स्थानमा दिपावली बले केही स्थानले अँध्यारोमा बसी उनको विरोध गरे ।

जब जब छिमेकी देश भारतका प्रधानमन्त्री नेपाल भ्रमणका लागि आउँछन्, हामी दुई कित्तामा उभिन्छाँै । अहिले पनि त्यही भईराखेको छ । एउटा जमात् स्वागत गर्ने र अर्को जमात विरोध गर्ने ।

Batas

सामाजिक सञ्जालमा विरोध गर्दैमा उनको भ्रमण रोकिँदैन तर उनलाई नेपाली जनताले कसरी लिएका छन् भन्ने प्रष्ट हुन्छ । सबै नेपालीले खुसी मनले नस्वीकारेको ब्यक्तीको भ्रमणका कारण हामी नजानिँदो पाराले आफु आफु विभाजित हुन्छौँ ।

धन्न भारतीय प्रधानमन्त्री छन्, बेलाबेला नाकाबन्दी लाउँछन्, तिर्थाटनका लागि नेपाल आउँछन् । हाम्रो मनको राष्ट्रियता ब्यूँताउँछन् । भुकम्प सह्यौँ, नाकाबन्दी भो सह्यौँ तर जसरी त्यसबेलाको नाकाबन्दीले जगाएको राष्ट्रवादले युवाहरूलाई स्वदेशमै राख्नुपथ्र्यो, उद्यम गर्नुपथ्र्यो त्यो भएन ।

भारतीय प्रधानमन्त्रीको यस पटकको नेपाल भ्रमणले हामीलाई भुइँचालो पछिको भारतीय नाकाबन्दी याद गरायो । ग्याँस चलाउनेले दाउरामा खाना पकाएको, नुन तेलको सहज आपूर्ति नभएको, इन्धनको अभावमा साईकल या पैदलै गन्तब्यमा पुगेका तत्कालिन आक्रोश फेसबुक र ट्विटरमा अँध्यारो स्टाटस बनाएर ओकल्यौँ । उ

नी आउँछन्, एक दुई ठाउँमा तिर्थाटन् गर्छन्, तिन चार ठाउँमा नागरिक अभिनन्दन लिन्छन् । रोटी बेटीका सम्बन्धको चर्चा गरिदिएर हामीलाई मख्ख पार्छन्, भ्रमण सफल पारेर फर्किन्छन् । यता हामीतिर पहाडको जमात र मधेशको जमातबीच शितयुद्ध चलिरहन्छ ।

हाम्रा मनमा आशंका जन्मिन्छ, हाम्रा राष्ट्रपतिको उता भ्रमण हुँदा पनि समकक्षी आएका थिए की ? दिल्लीका कति स्थानमा बाटो अबरूद्ध गरेर भारतीय नागरिकको श्राप र गाली सहँदै अस्ती हाम्रा प्रधानमन्त्रीले भारत भ्रमण सफलतापुर्वक सम्पन्न गरे होलान् ? दिल्ली नजिकैको कुनै प्रसिद्ध स्थान उनका लागि सजाईयो या सजाईएन होला भनेर ।

अश्लील स्टटसले गरेका श्रापले त उनलाई भेट्छ या भेट्दैन थाहा छैन तर उनको भ्रमणले एकपटक फेरी हाम्रो राष्ट्रवादलाई जगाएको पक्कै छ । भुकम्प सह्यौँ, नाकाबन्दी भो सह्यौँ तर जसरी त्यसबेलाको नाकाबन्दीले जगाएको राष्ट्रवादले युवाहरूलाई स्वदेशमै राख्नुपथ्र्यो, उद्यम गर्नुपथ्र्यो त्यो भएन ।

भुईंचालोले धेरै युवालाई विदेश पठायो । कसैलाई घरमा छानो लाउने बहानाले त कसैलाई देशमा अवसर नभएको बहानाले । धन्न भारतीय प्रधानमन्त्री छन्, बेलाबेला नाकाबन्दी लाउँछन्, तिर्थाटनका लागि नेपाल आउँछन् । हाम्रो मनको राष्ट्रियता ब्यूँताउँछन् ।

हाम्रो सहने शक्ति सम्झिँदा मुग्लीन–नारायणगढको यात्राले हामी नेपाली कति सम्म सहनशिल छौँ झैँ भन्ने देखाउँछ । एम्बुलेन्सले समेत बाटो छिचोल्ने मौका नपाउने त्यो समयमा हामी सरकार सम्झेर विरक्त मान्छौँ ।

हरेक वैशाख या असोजमा सकिएला र सहजै आपुर्ति होला की भन्ने अपेक्षा र आशाले हामीलाई जिवित राख्छ । अचेल नाम सुनिएका मेट्रोरेलहरूले हामीलाई कुनै दिन फेरी सपना देख्न बाध्य बनाउनेछन् ।

राजधानीमा ल्याउने भनिएको मेलम्ची पानीको कहानी मुग्लीन–नारायणगढको सडकखण्ड भन्दा पुरानो । गितै आयो मेलम्चीका बारेमा ।

अहिलेको नयाँ युवा पुस्ता जन्मिने तरखर गर्दैगर्दा सुरू भएको परियोजनाको पानी हाम्रो पुस्ताले खान पाएको छैन तर खाने आशा भने जिवितै छ । वर्षौ समय लाग्ने भएर होला नयाँ परियोजना ल्याउने बारे सुन्दा पुरानो पुस्ताले हामीले त उपभोग गर्न पाउँछन् की पाउँदैनन् हाम्रा छोरा छोरी नातिनातिनाले उपभोग गर्न पाउन भन्ने गरेको ।

सार्वजनिक सवारी साधनमा च्यापिँदै यात्रा गर्न हामी तयार, धुलाम्य राजधानीमा छोराछोरीले घर वा विद्यालयमा कखरा सिक्नुअघि मास्क लगाउन सिके । सायद अब कुनैदिन सडक चिल्लो भएर मास्क नलगाई यात्रा गर्नुपर्दा के छुटे के छुटे भन्ने लाग्दो हो हामीलाई ।

यही आशाले नै हामीलाई नेपाली बनाएको छ । तर त्यो नेपाली भाव कुनै विदेशी भ्रमण आउँदा दुईकित्तामा नउभियोस् । देशको समस्या, देशवासीको समस्या सबैको साझा समस्या हो ।

हामी स्वागत र विरोध गरेर आफैँ एक नभएको झलक अरूलार्ई देखाउँछौँ । पहाडी मन धुमिल भए मधेशी मनले संग्ल्याउनुपरोस् ।

मधेसी मनको चित्त दुखे पहाडी मनले फकाउनुपरोस् ।

लेखकबाट थप

‘सरोगेट’ नेपाल आमा

थरी थरीका नामहरू

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.