www.tandavnews.com
Fact ~ In search of truth

रेविज रोग : जनचेतना फैलाऔं, जीवन बचाऔं

डा. प्रकाश अधिकारी
पशु चिकित्सा प्रशिक्षक

के हो त रेविज रोग ?

रेविज स्तन्धारि पशुको टोकाइबाट लाग्ने सत प्रतिशत प्राणघातक तर सतप्रतिशत रोकथाम÷निराकरण गर्न सकिने रोग हो । मुख्य गरि रेविज लागेको बौलाहा कुकुरको टोकाइबाट लाग्ने रेविजको कारणले बर्षेनी ७० हजार भन्दा बढी व्यक्तिले ज्यान गुमाउँछन् । हरेक १५ मिनेटमा १ जना व्यक्तिको रेविज रोगको कारण मृत्यु भएको तथ्याङ्क छ जसमा ४० प्रतिशत बालबालिकाहरु पर्ने गरेका छन् ।

Batas

जापान, अस्टे«लिया, न्यूजिल्याण्ड आदि जस्ता देशहरुबाट रेविज उन्मूलन भइसके पनि विश्वका दुई तिहाइ देशहरुमा रेविज रोगले बर्षेनी सयौं मानिसको ज्यान लिएको छ । एसिया र अफ्रिकी मुलुकहरुमा अझैपनि रेविज रोग विक्राल अवस्थामा छ । नेपालमा हरेक हजाराै‌ जना व्यक्तिको रेविज लागेर मृत्यु हुन्छन् भने ३५ हजार भन्दा बढी व्यक्तिले बर्षेनी कुकुरको टोकाइ पश्चात रेविज विरुद्धको खोप लगाउँछन् ।

रेविज रोग सतप्रतिशत रोकथाम गर्न सकिने तथ्यलाई मध्यनजर गर्दै हाल विश्वमा विभिन्न संस्थाहरुले विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् । ‘ग्लोबल एलाइन्स फर रेविज कन्ट्रोल’ संस्थाले रेविजको भ्याक्सिन पत्ता लगाउने लुइस पाश्चरका मृत्यु भएको दिनलाई रेविज दिवसको रुपमा मनाउदै आइरहेको छ । यस वर्ष ‘रेविज रोग जनचेतना फैलाऔं ः जीवन बचाऔं’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यस विश्वव्यापी अभियानलाई आत्मसात गर्दै रेविज रोगको बारेमा जानकारी फैलाउनु हाम्रो दायित्व हो ।

रेविज मानिसमा कसरी लाग्छ ?

 मुख्यता रेविज लागेको बौलाह कुकुरको टोकाइबाट मानिसमा रेविज लाग्ने गर्दछ । यसवाहेक स्याल, न्याउरीमुसा, चमेरा र अन्य रेविज ग्रसित स्तनधारी पशुको टोकाइबाट रेविज रोग लाग्दछ ।
 रेविज लागेमा बहुलाएको जनावरको र्याल, चोटपटक लागेको वा आलो घाउमा पर्न गएमा नटोकेपनि रेविज सर्न सक्दछ ।
 रेविज लागेका पशुबाट उत्पादित काचो मासु वा दूध खाएमा पनि रेविज लाग्ने सम्भावना रहेपनि हालसम्म यो माध्यमबात रेविज लागर मृत्यु भएको मानिसको तथ्याङ्क छैन् ।

 रेविज लागेको पशुको उपचार र वधमा संलग्न व्यक्तिहरुले आवश्यक सावधानी नपुर्याए रेविज लाग्न सक्दछ ।

रेविज लागेको कुकुर÷पशु कसरी चिन्ने ?

 रेविज लागेको कुकुर वा अन्य पशुले उत्तेजक वा लाटो दुई प्रकारका लक्षणहरु देखाउछन् । रेविज लागेको कुकुरको सुरुमा वानी व्यहोरामा परिवर्तन आउँछ । त्यस्तैगरी वोलाएको नसुन्ने, भनेको नमान्ने, अध्यारोमा बस्ने, विनाकारण झम्टने, रिसाउने, र्याल काढ्ने, तल्लो बङ्गारा झुण्डाउने, पुच्छर लुकाएर बेजोडले दुगुर्ने, जिब्रो लतार्ने र पक्षघात हुने अदिलक्षण देखाएमा रेविज लागेको मानिन्छ ।
 रेविजल लागेको लक्षण देखा परिसकेपछि सामान्यतय ५–६ दिनमा पशुको मृत्यु हुन्छ ।

मानिसमा रेविज लागेमा के हुन्छ ?

 लक्षण देखापरि सकेपछि निश्चितरुपमा मानिसको मृत्यु हुन्छ । मानिसमा रेविज लागेमा पानि देखि डराउने हुन्छ त्यसैले यो रोगलाई पानीदेखि डराउने रेग वा हाइड्रो फेविया पनि भनिन्छ । रेविज लागेको मानिसमा टाउको दुख्ने, मांसपेसी र घाटी दुख्ने, निन्द्र नलाग्ने, छिनछिनमा थुक्ने, थुक्न गाह्रो हुने, आवाजबाट तर्सने, आखाको नानि ठुलो हुने अदि लक्षणहरु देखा पर्दछन् ।
 लक्षण देखा परेमा २४–२८ घण्टा भित्र श्वास प्रस्वास र मुटुको चाल बन्द भइ रोगीको मृत्यु हुन्छ ।

रेविज लागेको कुकुर÷पशुले टोकेमा के गर्ने ?

 रेविज जतिसुकै प्राचीन रोग भएता पनि हालसम्म पनि यसको उपचार छैन् र लक्षण देखिसक्यो भने मानिसको मृत्यु निश्चित हुन्छ । तसर्थ कुकुर वा कुनै स्तनधारी जनावरले टोकेमा सर्वप्रथम १०–१५ मिनेट सावुन पानीले घाउ सफा गर्नुपर्छ । सम्भव भएसम्म २४ घण्टा भित्र टिटानसको सुइ लगाउनुपर्छ । त्यसपछी विरामीलाइ तुरुन्त अस्पताल लग्नुपर्छ । कुकुर÷ पशुको विवरण टोकेको समय घाउको स्थान र प्रकार, प्राथमिक उपचार लगाएका अन्य जानकारी सत्यतथ्यमा चिकित्सकलाई वताउनुपर्छ ।
 चिकित्सकको सल्लाह अनुसार दुइ प्रकारको सुइ लगाउनुपर्छ । जसमध्ये टोकेको केहि घण्टा भित्रै रेविज विरुद्धको खोप (भ्याक्सिन) लगाउनुपर्छ । यो खोप टोकेको दिन, तेस्रो दिन, सातौं दिन, चौधौं र अठ्ठाइसौं दिन गरि पाँच पटक हातको पाखुरामा लगाइन्छ । कुकुर वा कुनै जनावरले टोक्दा कसैलाइ सामान्य वा कसैलाई ठूलै घाउ हुन सक्छ, घाउ जस्तोसुकै भएपनि चिकित्सकको सल्लाह अनुसार खोप लगाउनुपर्दछ ।
 रेविजको खोप बाहेक, यदि घाँटी भन्दा माथि, हातका औंला वा शरिरको अन्य कुनै भाग टोकाइले ठूला घाउ बनेको छ भने शरीरका धेरैं ठाउँमा टोकेको भए वा छातीभन्दा माथि टोकेको भए रेविज सेरम (इमयुनोगलोविन) सुइ लगाउनुपर्दछ । यो सुइ टोकेको ७२ घण्टा भित्र लगाइ सक्नुपर्छ र २ हप्तासम्म सक्रिय रहन्छ ।


 रेविजको भाइरस जति मस्तिष्कको नजिक भयो उति छिटो रेविज लाग्दछ । बौलाह कुकुरले टोकेको तिन दिन देखि पाँच÷छ महिना भित्र रेविज देखिन सक्छ ।
 जुनसुकै कुकुरले टोक्ने वित्तिकै सुइ लगाउनुपर्दछ र कुकुर मरेको छ वा छैन भन्ने पनि जानकारी लिनुपर्छ । यदि कुकुर मर्यो भने मात्र थप चौथो र पाँचौ सुइ लगाउनुपर्छ ।
 नेपालको सन्दर्भमा हेर्ने हो भने, कुनै व्यक्तिलाई टोकेको कुकुरलाई पहिल्यै रेविज विरुद्धको खोप लगाइएको छ वा छैन, लगाएपनि खोप प्रभावकारी छ वा छैन भन्ने सहजै जानकारी पाउन नसकिने हुँदा एन्टिरेविज भ्याक्सिन दिएको कुकुरले टोकेपनि ३ मात्रा सम्मको खोप लगाउदा बुद्धिमानी हुन्छ ।

रेविजको रोकथाम÷निराकरण कसरी गर्ने ?

 रेविज प्राणघातक रोग भएपनि यो रेगलाइ सत प्रतिशत रुपमा निर्मूल गर्न सकिन्छ । मुख्यगरि कुकुरमा देखा पर्ने रेविज नियन्त्रण गर्ने वृहत खोप कार्यक्रम गरि कम्तिमा ७० प्रतिशत कुकुरलाई पूर्णरुपमा खोप लगाउनुपर्छ ।
 रेविजसँग सम्बन्धित जानकारी तथा जनचेतना अभिवृद्धि गर्नुपर्दछ ।
 कुकुर तथा अन्य जनावरको टोकाइवाट वच्न सावधानी अपनाउनुपर्छ ।
 भुसिया कुकुरहरुको जनसंख्या बृद्धि हुन नदिन बन्ध्याकरण शिविरहरुको आयोजना गर्ने ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.