www.tandavnews.com
Fact ~ In search of truth

‘रेडलाइट एरिया’ बहसको विषय बन्नुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा
ताण्डव न्यूज ।

पश्चिमाञ्चल होटल संघ पोखराको सहकार्यमा होटल संघ नेपालले गरेको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ बहस सतहमा ल्याए ।

सधैँ एक आपसमा गुपचुप अनौपचारिक कुराकानीमा सिमित यौन व्यवसाय सम्बन्धी छलफल मुख्यमन्त्री गुरुङले सार्वजानिक फोरम मार्फत नै बहस सिर्जना गरे । जसको पक्ष विपक्षमा अहिले पनि देशभर बहस जारी छ ।

Batas

मुख्यमन्त्री गुरुङले त्यतिबेला रेडलाइट एरियाको बहस सुरु गर्नुपर्ने बेला आएको बताएका थिए । त्यस्तो खालको धन्दा चलिरहेकै छ भने रेडलाइट एरिया वा यसलाई व्यवस्थित गर्न कार्ड सिस्टममा लैजान के गर्न सकिन्छ बहस चलाउनुपर्ने उनको भनाई थियो ।

‘अहिले पनि यस्तो धन्दा चलिरहेकै छ । व्यवसाय भएकै छन् । पुलिसले समातेको छ । अनि पैसा तिर्ने छुट्ने काम भइरहेको छ भने अब यो बहसको विषय बन्नुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘बरु यसलाई व्यवस्थित गराउन लाग्नुप¥यो ।’

मुख्यमन्त्री गुरुङले अहिले भइरहेको प्रवृत्तीले समाजलाई फाइदा नपुग्ने बताए । ‘त्यस्तो ठाउँ तोकेर कार्ड उपलब्ध गराउन सकिन्छ । प्रहरीले छापा मार्न आउँदा त्यही कार्ड देखाउँछ । उसले सरकालाई कर पनि तिर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘हामीले यस्तो कामलाई व्यवस्थित गर्न नसक्ने तर त्यो काम गरिराख्दा कसैलाई फाइदा पुग्दैन । समाजमा हानी मात्र पु¥याउँछ ।’

जति पनि लुकेर यस्ता धन्दा हुन्छ यसले मुलुक, समाज, व्यवसायी कसलाई फाइदा नपु¥याउने मुख्यमन्त्रीको भनाइ थियो । यो विषयमा अब खुला दिलले छलफल गर्ने बेला आएको मुख्यमन्त्री गुरुङले बताए । ‘पर्यटक अझै बढी आउने, व्यवसाय अझै फस्टाउने, समाज अझै एक खालको सभ्यता र शासन स्थापित हुँदै जान्छ,’ मुख्यमन्त्री गुरुङले भने ।

ताण्डवसँगको कुराकानीमा मुख्यमन्त्री गुरुङले सार्वजानिक बहस थाल्न आफूले यस्तो प्रस्ताव अघि सारेको बताए । उनले भने, ‘कसै न कसैले सार्वजनिक रुपमा बोल्नै पथ्र्यो, अब यौन व्यवसाय नियन्त्रण गर्न सकिने अवस्था पनि छैन, यसलाई व्यवस्थित गराउन सकिन्छ ।’

थाइल्याण्डको कुल बजेटको ३० प्रतिशत हिस्सा यौन पर्यटन आउने भन्दै मुख्यमन्त्री गुरुङले त्यहाँको समाज हाम्रो भन्दा उन्नत रहेको उल्लेख गरे ।

रेडलाइड एरिया वा कार्ड सिस्टममा जाँदा यौन व्यवसाय व्यवस्थित हुने, बलात्कार, महिला हिँसा जस्ता घटनामा कमी आउने र समाजलाई हानी हुनबाट जोगिने उनको कथन छ ।

यो पनि पढ्नुहोस्

बहसमा रेडलाइट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.