www.tandavnews.com
Fact ~ In search of truth

ग्राहक, साहु र राज्यबाटै पीडित छौँ : यौनकर्मी

पोखरा
ताण्डव न्यूज ।

निरु धादिङबाट पोखरा आएको ७ वर्ष अघि हो । पोखरामा एक सरकारी क्याम्पस (विए) पहिलो वर्ष बढ्दा देखिनै यौन व्यवसायमा लागिन् ।

घरबाट डेरा बस्दा पैसा नपुगेपछि उनले साथीहरुको सहयोगमा यो व्यवसायीमा लागेको ताण्डव न्यूजसँग फोन सम्पर्कमा बताइन् । ‘पहिला बारमा काम गरे,’ उनले भनिन्, ‘पछि साथी संगतले यो व्यवसायमा लागे ।’

Batas

यहि पेसाले घर परिवार धानेको उनी सुनाउँछिन् । ‘पहिला घर परिवारको लागि थाहा थिएन् पछि प्रहरीकहाँ दुई तीन पटक परे । घर परिवार गाउँ सबैलाई थाहा भयो,’ उनले सुनाइन्, ‘घरमा पैसा पठाउँछु तर बाबाले भने अझै स्वीकार गर्नु भएको छैन् । चार वर्ष अघि मेरा लागि त मरिस् घर फर्किएर नआउनु भन्नु भएको थियो ।’

यो पेसामा लागेपछि पढाई पूरा गर्न नपाएकोमा उनलाई दुखेसो छ । ‘अब राती राती साहूले भनेको ठाउँमा हिड्नै प¥यो,’ उनले भनिन् ‘कसरी पढ्न भ्याउनु ?’ उनीसँग होटलबाट हिड्ने युवतीमा निरु सबै भन्दा धेरै पढेकी र बुझ्ने युवतीमा पर्छिन् । आफ्नो पेसामा निकै धेरै समस्या रहेको उनले सुनाइन् ।

मुख्यमन्त्रीले आफ्नो क्षेत्रलाई सम्बोधन गरेकोमा उनी खुशी छन् । ‘कुरा सहि हो, अब हामीलाई व्यवसाय गर्न दिनुपर्छ,’ उनले भनिन्, ‘बरु हामी ५० प्रतिशत कर तिर्न तयार छौ ।’

अहिले पनि आफ्नो कमाईबाट आधा भन्दा धेरै रकम साहुलाई बुझाउनु पर्ने बाध्यता रहेको उनी सुनाउँछिन् । ‘अहिले हामीले एक रातको ग्राहकसँग ४ हजार रुपैयाँ लिन्छौ,’ उनले भनिन् ‘२ हजार साहूलाईनै बुझाउनु पर्छ । त्यसपछि ग्राहकले कहाँ लाने हो ? प्रहरीले समात्यो भने के गर्ने हो ? हामी त ग्राहक, साहु र राज्यबाटै पीडित छौ ।’

आफैले गर्न सके राम्रो कमाई हुने तर समस्या धेरै हुने उनको अनुभव छ । ‘एक्लै काम गर्दा पैसा धेरै हुन्छ तर समस्या पनि उत्तिकै छ,’ उनले भनिन्, ‘ग्राहकले पैसा दिदैन्, जेपनि गर्न लगाउँछन्, कण्डम प्रयोग गर्न नमान्ने पनि हुन्छन् । जाँड खाएर आएका हुन्छन् । चुरोटले पोल्ने पिट्ने काम गर्छन् । सहनै प¥यो नत्र कमाई हँुदैन् ।’

खुलेर यौन व्यवसाय गर्न दिनुपर्ने अर्की यौन व्यवसायी रमाको पनि भनाई छ । ‘हामी यो पेसा छोडेर अन्त जाने कुरै हँुदैन्,’ उनले भनिन्, ‘बरु यसको लागि हामीले कति पैसा तिर्नु पर्ने हो सरकारलाई तिर्छौ ।’ (यौनकर्मीकाे नाम परिवर्तन गरिएकाे छ।)

यो पनि पढ्नुहोस्

‘रेडलाइट एरिया’ बहसको विषय बन्नुपर्छ : मुख्यमन्त्री गुरुङ

बहसमा रेडलाइट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.