www.tandavnews.com
Fact ~ In search of truth

रोट्रयाक्ट पोखरा फिस्टेलको सचेतना कार्यक्रम

पोखरा
ताण्डव न्यूज ।

रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले १०८औं नारी दिवसमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार अर्थात् ८ मार्चको अवसर पारेर क्लबले कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपालकै पहिलो रक गायिका अभय सुब्बाले नारी स्वतन्त्रताको प्रत्याभुत अझै हुन नसकेको बताइन् । दिवसको शुभकामना ब्यक्त गर्दै उनले नारी शसक्तिकरणकालागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

Batas

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष सृजना भुर्तेल, बालकाशी गुरुङ, संस्थापक अध्यक्ष समिक्षा कोइराला, प्रशिक्षक सरला कुमारी पाण्डेको सहभागिता थियो ।

आमा समुहबाट २५ जनाको सहभागीता रहेको उक्त कार्यक्रममा रोट्रयाक्ट जोन ४ का अन्य क्लबको पनि उपस्थिती रहेको थियो ।

सचेतना कार्यक्रम क्लबका अध्यक्ष अमृता पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.