www.tandavnews.com
Fact ~ In search of truth

चिसाखोला वेद विद्या आश्रममा रोट्रयाक्ट पोखरा फिस्टेलको लाइब्रेरी सहयोग

पोखरा ।

रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले चिसाखोला स्थित चिसाखोला वेद विद्याश्रममा क्लब द्धारा स्थापित लाइब्रेरी हस्तान्तरण गरेको छ । एक कार्यक्रमकाबिच क्लब द्धारा स्थापित लाइब्रेरी उद्घाटन एवं हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला शिक्षा कार्यालय, कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले रिबन काटेर उद्घाटन गरे । समाजिक कार्यमा युवाको सहभागीताले राष्ट्र निर्माणमा सहयोग पुर्याउने उल्लेख गरे ।

Batas

क्लबकी अध्यक्ष अमृता पौडेलले ५औं लाइब्रेरी स्थापना गरेर हस्तान्तरण गरिएको जनाइन् । यस कार्यलाई आगामी वर्षपनि निरन्तरता दिने उनको भनाई थियो ।

लाइब्रेरी स्थापना स्व. रुकमणी देवकोटाको स्मृतिमा उनका छोरा रामचन्द्र देवकोटा र बुहारी सरिता कुमारी वास्तोलाको आर्थिक सहयोगमा भएको हो ।यसको संयोजन रोट्रयाक्ट क्लब पोखरा फिस्टेलले गरेको हो ।

कार्यक्रममा विशेष अतिथि तथा रोटरी क्लब अफ पोखराकी अध्यक्ष लक्ष्मी थापा गिरी, विद्यालयका शिक्षक मोदनाथ तिमिल्सिना लगायते मन्त्ब्य ब्यक्त गरे ।

चिसोखोला वेदविद्याश्रम व्यवस्थापन समिति, शिक्षक, रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलका संस्थापक अध्यक्ष, पुर्व अध्यक्ष, रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२का संजीव पौडेल लगायतको उपस्थिती थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.