www.tandavnews.com
Fact ~ In search of truth

१६ करोड मूल्य बराबरको रुवीसहित सिजापति पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुई किलोग्राम रुवीसहित एक जनालाई पक्राउ गरेको छ ।

बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले ललितपुरका ४८ वर्षीय दीपक सिजापतिलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले उपत्यकाका विभिन्न स्थानमा रुवी बिक्री–वितरण तथा ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रुवीसहित सिजापतिलाई पक्राउ गरिएको जानकारी दिए। उक्त रुवीको बजार मूल्य रु १६ करोड रहेको जनाएको छ ।
यस्तै, वृत्तले रु १२ लाख ७० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले भारत सरकारले बन्देज गरेको एक हजार र ५०० दरका भारतीय रकमसहित काठमाडौँका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ र कास्कीका ४३ वर्षीय सुरज मल्ललाई आइतबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले एक हजारका ९६० नोट र ५०० का ३१० नोट बरामद गरेको छ ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.