www.tandavnews.com
Fact ~ In search of truth

फेवातालमा खसेका युवाको शव फेला

पोखरा, 

पोखराको फेवातालमा प्याडल बोर्डबाट खसेर बेपत्ता एक युवाको शव आज बिहान फेला परेको छ ।

मङ्सिर २४ गते सोमबार दिउँसो सेल्फी खिच्ने क्रममा फेवातालमा डुबेर बेपत्ता भएका काठमाडौँ ताहाचलका १९ वर्षीय रोजन श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान तालमा तैरिएको अवस्थामा उनको शव भेटिएको हो । शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

पोखरा घुम्न आएका श्रेष्ठ तालमा बेपत्ता भएपछि तीनवटै सुरक्षा निकायका टोली खोजीमा खटिएका थिए ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.