www.tandavnews.com
Fact ~ In search of truth

साफ महिला च्याम्पियनसिप : भुटानमा भिड्दै नेपाल र पाकिस्तान

अर्जुन गिरी
भुटान, ताण्डव न्यूज ।

दक्षिण एशियाली फुटबल महासंघको आयोजनामा भुटानमा हुने साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने भएका छन् ।

(भोली) सेप्टेम्बर २८ तारिक अर्थात असोज १२ गते साँझ ७ बजे उद्घाटन खेलमा नेपाल र पाकिस्तान खेल्ने छन् । खेलको लागि नेपाली टिम असोज १० गते अर्थात सेप्टेम्बर १६ मा भुटान पुगेको हो । भुटानको थिम्पुमा सेप्टेम्बर २८ देखि ७ अक्टोबरसम्म हुने खेलमा ६ वटा राष्ट्रको सहभागिता हुनेछ ।

Batas

नेपाली टिमको लागि २३ जना खेलाडी भुटान ल्याइएको मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बताए । ‘खेलको तयारी राम्रो छ,’ उनले भने, ‘तयारी अनुसारको नतिजा आउनेमा विश्वस्त छौ ।’ खेलाडीले राम्रो खेल पस्कने प्रशिक्षक श्रेष्ठको भनाई छ । ‘प्रशिक्षकको दृष्टिकोणबाट हेर्दा खेलाडीहरु एकदमै फममा छन्,’ उनले भने, ‘यसपटक नेपाली टिमले जित्ने विश्वास छ ।’ खेल जित्ने गरि खेल्ने उनले बताए । ‘हामी डिफेण्डिङ खेल्दैनौ, आक्रमक खेल हुनेछ,’ उनले भने, ‘हाम्रो टिमको राम्रो खेल प्रस्तुत हुनेछ ।’

खेलाडीले निकै मिहेनत गरेको सहायक प्रशिक्षक श्रीप्रकाश बैद्यले बताए । ‘जुन खेलाडी पूरा मनले प्रशिक्षणको वेला पसिना चुहाउछ, त्यो अनुसार नतिजा प्राप्त गर्छ भने जस्तै यसपटक राम्रो नतिजा आउने छ,’ उनले भने, ‘पहिलो खेल पाकिस्तानसँग छ, हाम्रो टिमले जित्ने विश्वास छ ।’

खेलाडीको प्रशिक्षणको लागि कुनै कमिकमजोरी नभएको टिम म्यानेजर सरला श्रेष्ठले बताइन् । ‘खेल हो, हारजित हुन्छ तर जित्ने उद्देश्यका साथ टिम आएका छौ । खेलाडीहरुको उत्साह र उर्जा देख्दा हामी निकै आशावादी छौ,’ उनले भनिन् । नेपाली टिमको गोलकिपरको प्रशिक्षण पनि निकै राम्रो भएको गोलकिपर प्रशिक्षक अस्मिता खवासले बताइन् ।

नेपाली टिमले पहिलो चरणमा सेप्टेम्बर २८ (असोज १२ ) गते पहिलो दिन पाकिस्तानसँग खेल्ने छ । सरु लिम्बुको कप्तानीमा अन्जनाराना मगर, रेविका राई, उषा नाथ, निशा थोकर, सुस्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, बिमला विक, पुनम फरसवान, कोपिला धिमाल, पुजा रानामगर, मञ्जलीकुमारी योञ्जन, सुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जना सिंह ठकुरी, सम्झना लावती, रश्मि घिसिङ्ग, उलिसा जिम्वा, रेखा पौडेल, सम्झना शर्मा छन् ।

कुन समूहमा कुन राष्ट्र  ?

साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपका ६ राष्ट्रको सहभागिता रहेको छ । नेपाल, भारत, माल्दिप्स, भुटान, बगंलादेश र पाकिस्तानले सहभागिता जनाएका छन् । साफ राष्ट्र मध्ये श्रीलङकाले सहभागिता जनाएको छैन् ।

खेलमा दुई समूह विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मालदिभ्स र भुटान छन् भने समूह ‘वि’ मा नेपाल, बगंलादेश र पाकिस्तान छन् । सेप्टेम्बर २८ तारिक उद्घाटन खेलमा भारत र आयोजक भुटान खेल्ने छन् भने अर्को खेल नेपाल र पाकिस्तान भिड्ने छन् ।

सेप्टेम्बर ३० मा भुटान र माल्दिप्स खेल्ने छन् भने अर्को खेल पाकिस्तान र बांग्लादेश खेल्ने छन् । अक्टोबर २ मा माल्दिप्स र भारत खेल्ने छन् भने अर्को खेलमा बगंलादेश र नेपाल खेल्ने छन् ।

प्रतियोगितामा समूह ए र वि का विजेता र उपविजेता टिमले अक्टोबर ५ मा सेमिफाइनल खेल्ने छन् भने फाइनल खेल अक्टोबर ७ मा हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.