www.tandavnews.com
Fact ~ In search of truth

एडभेन्चरीयस लेकसिटीमा ‘साग’को झिनो आश

सुशान्त गाहा मगर,
पोखरा, ताण्डव न्यूज ।

पारा पाइलटहरुले ग्लाइड मार्फत पोखराको एरियल भ्यूको मज्जा, कम्मर र खुट्टामा डोरी बाँधेर हाइटबाट हाम फालेर चंगा हुन बञ्जी जम्प , जहाजबाट स्काइ डाइभिङ, बोटीङ, फुटबल लिग, आदि गतिविधिकै कारण तालको शहर मात्र रहेन पोखरा । स्पोर्टस् मात्रै नभएर एभेन्चरीयस स्पोर्टस् सिटी पनि हो लेकसिटी पोखरा ।

र, मोफसलमै पहिलो पटक पाेखरामा आयोजना हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) प्रतियोगिता झिनो आशाको बाबजुद तयारी तिब्र पारिएको छ । साग अन्तर्गतका आधा दर्जन बढि खेलहरु यहाँ हुने भनिएपनि पुर्वाधार अभावका कारण पोखरामा हुने भनिएका खेलहरुमा द्विविधा देखिन्छ ।

Batas

यदि सागलाई पुर्ण रुपमा सम्पन्न गर्ने र मोलफसलको ईतिहास कोर्ने हो भने सम्बन्धित निकायले समयमै गतिलो कसरत गर्न जरुरी देखिन्छ । केन्द्रमा केही खेलहरु र अन्य खेल पोखरामा आयोजना गरिने राष्ट्रिय खेलकुद परिषदद्वारा जारी भैसकेका छन् ।

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबल, बिच भलिबल, प्याराग्लाईडिङ, आर्चरी लगायतका खेलहरु पोखरामा हुनेछन ।

साग अन्तर्गतका केही खेल पोखरामा हुने भनिएपनि झिनो आश रहेको जिल्ला खेलकुद बिकास समिति कास्कीका निबर्तमान अध्यक्ष याम गुरुङ बताउछन् । आवश्यक पुर्वाधार पुरा नहुँदा खेल हुने र नहुेमा आन्यौलता छाएको उनको तर्क छ । तर हँुदै नहुने भन्ने चाँही होईन, उनी भन्छन् । पछिल्लो समय निर्माणको काम भएपनि तोकिएको मितिमा सम्पन्न नहुने प्रारम्भिक लक्षण देखा परेको भन्दै केही महिला फुटबलमा बिशेष अन्यौलता देखिएको गुरुङ सुनाउछन् ।

बिशेषतः महिला फुटबलमा शंका पैदा भएको भन्दै सम्बन्धित निकायले पुर्वाधार निर्माणमा ध्यान दिन आवश्यक रहेको उनी सुझाउछन् । ‘समय ज्यादै कम छ, दशैंको बेला पर्छ कामदार पाईदैनन्’ उनी भन्छन् , ‘काम धेरै नै बाँकि देखिन्छ ।’ गुरुङ सकेसम्म समयमै ७७ जिल्लाका समितिमा पदाधिकारीलाई नियुक्ति गर्न सुझाउछन् । सागलाई मध्यनजर गरेर अन्यन्त्र जिल्लामा नमिलेपनि काठमाडौं र कास्कीमा नियुक्ति गरिहाल्नुपर्ने गुरुङको भनाई छ ।

साग मार्फत पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने बताउदै खेलकुदको माध्ययमबाट पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उनी सुनाउछन् । सात मुलुकका सयौं खेलाडी तथा प्रतिनिधिहरु पोखरा भित्रिदा पर्यटकिय क्षेत्रमा तरङ्ग फैलिने भएकाले साग सम्पन्न गर्न पर्यटन ब्यबसायीको समेत चाँसो हुनपर्ने सुनाउछन् गुरुङ ।

यता राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ साग अन्तर्गतका पोखरामा हुने भनिएका खेलहरु पुर्ण रुपमा सम्पन्न हुनेमा दुईमत नरहेको बताउँछन । साग अन्तर्गतका भारात्तोलन, महिला फुटबल, बिच भलिबल, महिला÷पुरुष ह्याण्डबल, प्याराग्लाईडिङ, आर्चरी र ट्रायथोलन पोखरामा हुने गुरुङ बताउँछन ।

पोखरामा हुने भनिएको महिला/पुरुष भलिबलको सट्टा ब्याडमिन्टनको बिषयमा प्रारम्भिक छलफल भैरहेको गुरुङ सुनाउछन । ‘कबर्ड हलमै गर्नुपर्ने भएकाले भलिबल काठमाडौं मै पनि हुनसक्छ । गुरुङ भन्छन् , ‘छलफल चलिराछ तर निर्णय नै भैसकेको चाँही छैन ।’

अन्य खेलहरुका लागि आधारभुत पुर्वाधारहरुको मर्ममसम्भार भैरहेको जानकारी दिदै फुटबल स्टेडियमको निर्माण कार्य तिब्र रुपमा बढेको गुरुङ सुनाउछन् ।

त्यस्तै पोखरामा हुने ह्याण्डबलका लागि महिला÷पुरुष गरि ५० जना बन्द प्रशिक्षणमा रहेको नेपाल ह्यान्डबल सँघका केन्द्रीय अध्यक्ष तेज गुरुङ बताउछन् । गुरुङका अनुसार आगामी आइतबार पहिलो चरणका खेलाडी छनौट हुनेछन् । पहिलो चरणबाट २१ जना छनौट गरिने र अन्तिममा १६ सदस्यीय खेलाडी टोली घोषणा गरिने गुरुङ बताउछन् ।

पोखराकै ईतिहासमा पहिलो पटक आयोजना हुन लागेको सागले बिभिन्न क्षेत्रमा फाईदा पुग्ने एन्फा कास्कीका पुर्व सचिब सुशर्दन रन्जिको भनाई छ । खेलको बिकासमा मात्र नभई समग्र पर्यटकिय गतिबिधिमा सघाउ पुग्ने उनको तर्क छ ।

‘पुर्वाधार निर्माण भएको देखिरहेका छौ, खेल सकिएपछि यो सरकारले लाने त होईन । उनी भन्छन, सबै हामी पोखरेलीकै सम्पत्ति हो ।’ पोखराका पर्यटन ब्यबसायीहरु यतिबेला साग बारे बिशेष चाँसो दिनपर्ने उनी बताउछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.