www.tandavnews.com
Fact ~ In search of truth

सहारा क्लवलाई एन्फा उपाध्यक्ष थापाको सहयोग

पोखरा ।

सहरा क्लब पोखराले संचालन गरिरहेको सहारा एकेडेमीका लागि एन्फा उपाध्यक्ष थापाले सहयोग गरेका छन । एन्फा उपाध्यक्ष थापाले एन्फाका पदाधिकारीलाई एन्फा मार्फत आफूलाई प्राप्त भएका बल सहारा एकेडेमीलाई समेत प्रदान गरेका हुन ।

सहारा क्लबका अध्यक्ष केशब थापा तथा पदाधिकारीलाई बल प्रदान गर्दै उपाध्यक्ष थापाले एन्फाको मुल उद्धेश्य नै ग्रास रुट फुटबललाई दिगो बनाउनु रहेको वताउँदै भने–‘फिफा र एफसीको नियम अनुसारनै एन्फाले ‘ग्रास रुट लेभल’ को फुटबल मार्फत खेलाडी उत्पादन गर्ने कार्यक्रम अघि सारेका छौं’ उनले भने–‘भविष्यमा यसले नेपाली फ्ुटबललाई माथी उठाउने छ ।’

Batas

उनले आफूलाई प्राप्त बलहरु कास्की जिल्ला फुटबल संघ द्वारा संचालित एन्फा एकेडेमी र हेमजा स्थित विष्णु पादुका फुटबल एकेडेमीलाई समेत प्रदान गरे ।

एन्फा उपाध्यक्ष थापाले करिब १५ थान बलहरु तिन वटा एकेडेमीलाई प्रदान गरेका हुन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.