www.tandavnews.com
Fact ~ In search of truth

साहित्य शृङ्खलामा पुडासैनी

पोखरा ।

साहित्य शृङखला पोखराको २०२ औं नियमित रचना वाचन तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार पोखरामा सम्पन्न शृङखलाको अधिवेशनमा जनताका गायक जिवन शर्माको सिमली छायाँमा बसी, छैन मेरो शरीरमा अत्तरको गन्ध, होला बरु शरीरमा पसिनाको गन्ध, जस्ता मर्मस्पर्शी गीतहरुले कार्यक्रमको हल भावुक बनेको थियो ।

Batas

प्रमुख अतिथी शर्माले जनताको आँगनमा समृद्धि पुगेको दिन मात्र जनताका दुख, पीडाका गीतहरु गाउन छोड्ने बताए । अहिलेको सरकारलाई जनताले कुनै पनि अवरोध विना काम गर्ने म्याण्डेट दिएकोले चुनावमा गरेका प्रतिबद्धताहरु पुरा गर्नुृपर्नेमा जोड दिए ।

साहित्यकारहरु कुनै पनि राजनैतिक पार्टीको कार्यकर्ता नभई सरकारले राम्रो काम गरेको बेला राम्रो र गलत काम हुन थाल्यो भने सरकारलाई साहित्य मार्फत खवरदारी गर्नुपर्ने बताए ।

आफ्नो व्यक्तिगत स्वार्थको लागि सत्ता र नियुक्तिको पछाडि नलागेको भन्दै बाँकी जिवन पनि जनतामा समर्पित गर्ने भन्दै सम्पुर्ण साहित्यकर्मीहरु अग्रगामी परिवर्तनको पक्षमा निरन्तर लागेमा मात्र समाज रुपान्तरण हुने बताए ।

कार्यक्रममा संगम साँस्कृतिक मञ्चका कलाकारहरुको प्रगतिशील गीत, संगीतको रोचक प्रस्तुित रहेको थियो ।

अधिवेशनमा आफ्नो कार्यकालमा भएका प्रगतिहरुको बारेमा संस्थाका अध्यक्ष यादवराज उपाध्यायले र सचिवको तर्फबाट लोकनाथ पुडासैनीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।संस्थाका पुर्व अध्यक्ष तथा प्रगतिशील लेखक संघ कास्कीका अध्यक्ष भिम रानाभाट, जनसांस्कृतिक महासंघका गण्डकी प्रदेशको तर्फबाट मदन भण्डारी, मनकुमार श्रेष्ठ, साहित्यकार प्रा. डा. भवानी पाण्डे, प्रा.डा. रविलाल अधिकारी, पृथ्वीनारायण क्याम्पस पोखरा नेपाली विभागका विभागीय प्रमुख कृष्ण पौडेल, संस्थापकहरुको तर्फबाट धनबहादुर तामाङ लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।

यसै गरी अधिवेशनले लोकनाथ पुडासैनी अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

संस्थाको उपाध्यक्षमा लक्ष्मी थापा, सचिवमा निर्मला न्यौपाने, कोषाध्यक्षमा लक्ष्मण गौतम र सहसचिवमा निर्मल सापकोटा चयन भएका छन् भने सदस्यहरुमा क्रमशः तारा प्रसाद तिमिल्सिना, मदन भण्डारी, काजी गाउँले, लिला पण्डित, विकास लुङगेली र सन्तोष न्यौपाने रहेका छन् ।

यसैवीच नियमित रचना बाचन कार्यक्रममा साहित्यकार अल्पविराम, पद्यमराज ढकाल, गीता तिवारी, छविलाल आचार्य, सुर्य खड्का विखर्ची, स्ट्रगल राना र दिनेश भण्डारी लगायतले आफ्नो रचना वाचन गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष लोकनाथ पुडासैनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव निर्मला न्यापानेले गरेकि थिइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.